fbpx
default_image

1 day ago

December 25, 2025

केएनपी महिला राष्ट्रिय भलिबल यसै महिना

692 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै महिना हुनेछ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पुस २३ देखि २६ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोलीको सहभागिता रहने छ ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरि लिग कम नकआउटका‌ आधारमा हुनेछ। २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।

यसअघि जस्तै कन्साइन निरोलेक पेन्ट (केएनपी) ले प्रतियोगितालाई मुख्य प्रायोजन गर्नेछ। केएनपीका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ। यस्तै उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ सँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै नवौ संस्करणको उद्घाटन समारोहका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्‌का स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, मार्वल टेक्नोप्लास्टलगायत विभिन्न कर्पोरेट हाउस र नगरपालिकाले सहयोग गरेका छन् ।

पुरस्कार राशि मात्रै १३ लाख रुपैयाँ रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रुपैयाँ छ । प्रतिष्ठानले भलिबल प्रतियोगितामा दौरान खेलाडीको बीमा गर्नेछ। प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले प्रतियोगितामा विभिन्न बैंकलगायत अन्य संस्थाको सहयोग रहने बताए।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलमा यस प्रतियोगिताको अलग पहिचान रहेको भन्दै सफलताको शुभकामना दिए।

December 26, 2025

साविक विजेता हेल्प नेपालको‌ विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिप पुरुषतर्फ विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार उद्घाटन खेलमा हेल्प नेपालले एपिएफ क्लब ३-० को सेटमा हराएको छ। समूह ‘ए’मा हेल्प नेपालले ३ अंक बटुलेको थियो। हेल्प नेपाल २५-२१,२५-२०,२५–२० ले विजयी भएको छ। पुलिससँग ढोरपाटनको‌ […]

December 26, 2025

पुलिस र आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५-१०,२५-६,२५-११ ले पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा‌ आर्मीले एभरेष्ट क्लबलाई २५-१६,२५-१४,२५-२३ लाई हराएको छ। त्यस्तै पुरुषतर्फ दिउँसो समूह ‘बी’ मा पुलिस […]

December 26, 2025

एभिए भलिबल च्याम्पियनसिप सुरु हुँदै, आज ४ खेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो दिन महिला र पुरुषतर्फ समान २ गरि ४ खेल हुने एनभिएले जनाएको छ। दिनको पहिलो खेल बिहान ९ बजे महिलातर्फ समूह ‘बी’ मा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच र ११ […]

Success

Thank you for your time.