2 hours ago
December 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिप पुरुषतर्फ विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार उद्घाटन खेलमा हेल्प नेपालले एपिएफ क्लब ३-० को सेटमा हराएको छ।
समूह ‘ए’मा हेल्प नेपालले ३ अंक बटुलेको थियो। हेल्प नेपाल २५-२१,२५-२०,२५–२० ले विजयी भएको छ।
पुलिससँग ढोरपाटनको हार
नेपाल पुलिस क्लबको पुरुष टोलीले पनि भलिबल च्याम्पियनसिप आज सुरुवात गरेको छ ।
पुलिसले ढोरपाटन स्पोर्टस क्लबलाई ३-१ ले हराएको छ। कडा प्रतिस्पर्धाका बीच तेस्रो सेट ढोरपाटनले जितेको थियो। अन्य सेटमा भने पुलिस खासै चुनौतीको सामना गर्नुपरेन । पुलिस २५-२०, २५-१४, ३३-३५,२५-१४ ले विजयी भएको हो।

पुलिस र आर्मीको जित
त्यसअघि महिला तर्फ पुलिस र त्रिभुवन आर्मी क्लबले सहज जितका साथ भलिबल च्याम्पियनसिप आज सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५-१०,२५-६,२५-११ ले पराजित गरेको छ।
दिनको दोस्रो खेलमा आर्मीले एभरेष्ट क्लबलाई २५-१६,२५-१४,२५-२३ लाई हराएको छ।
महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागितामा च्याम्पियनसिप हुँदैछ। यसको महिलातर्फ शीर्ष ६ र पुरुषतर्फका शीर्ष ८ टोली पिएम कप भलिबल लिगका लागि छनोट हुनेछन्।

December 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५-१०,२५-६,२५-११ ले पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा आर्मीले एभरेष्ट क्लबलाई २५-१६,२५-१४,२५-२३ लाई हराएको छ। त्यस्तै पुरुषतर्फ दिउँसो समूह ‘बी’ मा पुलिस […]
December 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो दिन महिला र पुरुषतर्फ समान २ गरि ४ खेल हुने एनभिएले जनाएको छ। दिनको पहिलो खेल बिहान ९ बजे महिलातर्फ समूह ‘बी’ मा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच र ११ […]
December 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा न्यु डायमण्ड स्पोर्टस क्लबकी स्पाकर प्रतिभा माली झन्डै १५ महिनापछि स्वदेश फर्कदै छिन् । गत वर्ष असोजमा उनी अस्ट्रेलिया गएकी थिइन् । अस्ट्रेलियाबाट भलिबल खेल्न हङकङ पुगेकी प्रतिभाले शनिवार स्वदेश आइपुग्ने जानकारी दिएकी छिन्।नेपाल आएपछि उनले न्यु डायमण्डबाट कम्तिमा ३ वटा प्रतियोगिता खेल्नेछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]