fbpx
default_image

23 hours ago

December 25, 2025

भलिबलकी प्रतिभा यसै साता स्वदेश आइपुग्ने

1269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा न्यु डायमण्ड स्पोर्टस क्लबकी स्पाकर प्रतिभा माली झन्डै १५ महिनापछि स्वदेश फर्कदै छिन् ।

गत वर्ष असोजमा उनी अस्ट्रेलिया गएकी‌ थिइन् । अस्ट्रेलियाबाट भलिबल खेल्न हङकङ पुगेकी‌ प्रतिभाले शनिवार स्वदेश आइपुग्ने जानकारी दिएकी छिन्।
नेपाल आएपछि उनले न्यु डायमण्डबाट कम्तिमा ३ वटा प्रतियोगिता खेल्नेछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार सुरु हुने एनभिए भलिबल च्याम्पियनसिप, पुस २३ देखि हुने केएनपी राष्ट्रिय महिला भलिबल र अर्को महिना पोखरामा हुने टाइगर कपमा प्रतिभा खेल्नेछिन् ।

भलिबलमा लोकप्रिय प्रतिभा नेपालले महिला भलिबलमा प्राप्त गरेका अधिकांश सफलतामा टोलीको सदस्य थिइन् । सन् २०१९ मा नेपालले पहिलो पटक सेन्ट्रल जोन जित्दा र अर्को वर्ष उपाधि रक्षा गर्दा उनी टोलीमा थिइन् ‌।

त्यस्तै २०१९ मा नै स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा उनको उच्च प्रदर्शन रहेको थियो। उनले माल्दिभ्सको क्लबबाट पनि पटक पटक व्यवसायिक भलिबल खेलेकी थिइन्।

अस्ट्रेलियामा रहँदा पनि उनले नेपाली समुदायको विभिन्न प्रतियोगितामा भाग लिएकी थिइन्।

December 26, 2025

साविक विजेता हेल्प नेपालको‌ विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिप पुरुषतर्फ विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार उद्घाटन खेलमा हेल्प नेपालले एपिएफ क्लब ३-० को सेटमा हराएको छ। समूह ‘ए’मा हेल्प नेपालले ३ अंक बटुलेको थियो। हेल्प नेपाल २५-२१,२५-२०,२५–२० ले विजयी भएको छ। पुलिससँग ढोरपाटनको‌ […]

December 26, 2025

पुलिस र आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ भलिबल च्याम्पियनसिपको सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५-१०,२५-६,२५-११ ले पराजित गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा‌ आर्मीले एभरेष्ट क्लबलाई २५-१६,२५-१४,२५-२३ लाई हराएको छ। त्यस्तै पुरुषतर्फ दिउँसो समूह ‘बी’ मा पुलिस […]

December 26, 2025

एभिए भलिबल च्याम्पियनसिप सुरु हुँदै, आज ४ खेल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो दिन महिला र पुरुषतर्फ समान २ गरि ४ खेल हुने एनभिएले जनाएको छ। दिनको पहिलो खेल बिहान ९ बजे महिलातर्फ समूह ‘बी’ मा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच र ११ […]

Success

Thank you for your time.