8 years ago
March 27, 2017
धरान (हाम्रो खेलकुद) – राजन मगरको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद संघ, धरान नगर समितिको सोमबार पूनर्गठन भएको छ । भेलाले समितिको उपाध्यक्षमा इन्द्रकला नेम्वाङ र महेन्द्र तामाङ,सचिवमा शिशिर खड्का, कोषाध्यक्षमा बिना राईलाई चयन गरेको छ ।
सदस्यमा ध्रुब गिरी, सुरज कोइराला, शम्भु तामाङ, प्रशान्त श्रेष्ठ, बिनोद मगर, अर्जुन श्रेष्ठ ‘क’, अर्जुन श्रेष्ठ ‘ख’, आशिष आचार्य, डिल्ली राई, अमित राई, उत्तम राई, प्रशन श्रेष्ठ छन् ।
भेलाका मुख्य अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय उपाध्यक्ष किशोर राईले धरानलाई खेलकुद शहरको रुपमा विकास गर्न स्थानिय खेलाडकिो भूमिका महत्वपूर्ण हुने बताए । भेलामा लोकतान्त्रिक खेलकुद संघका जिल्ला प्रताप तामाङ र धरान फुटबल क्लबका अध्यक्ष अशोक राईको उपस्थिति थियो ।
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]
December 14, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्। उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ । युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको […]