10 years ago
October 9, 2015
काठमाडौं, असोज २२ गते
थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ ।
टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक भुषण बज्राचार्य छन् । टोलीको साथमा प्रशिक्षक सुर्य भुषण बज्राचार्य पनि रहेका छन् ।
त्यसको लगत्तै यसै टोलीका माहिका , ऐरा र सुर्य भुषण २० देखि २७ अक्टोबरसम्म सिंगापुरमा हुने रोड टु सिंगापुरमा सहभागि हुन त्यस तर्फ प्रस्थान गर्दै छन् ।
सिंगापुरको प्रतियोगितामा संसारका शिर्ष आठ खेलाडीको सहभागिता रहने छ । ˝ लाइफ चेन्जींग अर्पच्युनीटी”कोरुपमा रहेको प्रतियोगिता हेर्न जानेले शिर्ष खेलाडीको खेल अबलोकन गर्ने र संगै डिनर र लन्चको समेत अबसर पाउने छन् । त्यसै कार्यक्रममा नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा मेनेजरको रुपमा सहभागि हुने छिन् ।
टोलीका मायंका र संरक्षकले सिंगापुरमा २६ देखि ३१ अक्टोबरसम्म हुने आइटिएफ ग्रेड फाइभ टेनिस प्रतियोगितामा सहभागिता जनाउने छन् । संरक्षकले २ नोभेम्बरदेखि ७ नोभेम्बरसम्म सिंगापुरमै हुने ग्रेड फाइभकै प्रतियोगितामा सहभागिता जनाउने छन् । टोलीकै एनी र क्याथरिनले २६ दखि ३१ अक्टोबरमा बैककमा हुने आइटिएफ ग्रेड फोरमा पनि सहभागिता जनाउने छन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]