9 years ago
April 25, 2017
रोम (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा करिव १५ महिनाको प्रतिबन्ध भोग्दै बुधबार पुनः टेनिस कोर्टमा फर्कदै छ ।

सारापोभाले बुधबार ग्राण्डपिक्स टेनिसमार्फत १५ महिनापछि कोर्टमा पुनरागमन गर्न लागेकी हुन् । शक्तिबर्धक औषधी प्रयोग गरेको भन्दै रसियन टेनिस सुन्दरी सारापोभालाई एन्टी डोपिङले २२ महिनाको सजाय सुनाएको थियो तर, सारापोभाले अपिल गरेपछि उनको प्रतिबन्ध १५ महिनामा झारिएको थियो ।
उनको प्रतिबन्ध सोमबार सकिएको थियो । पुनरागमनको पहिलो खेलमा सारापोभाले इटालियन भेट्रान रोबर्टा भिन्सीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]