default_image

7 years ago

April 26, 2017

इरासँग साविक विजेता मायांका स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – इरा रावत र माहिका राणाबीच पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनलमा इराले साविक विजेता मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरणा कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरिन् । पुरुष […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इरा रावत र माहिका राणाबीच पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनलमा इराले साविक विजेता मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरणा कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरिन् ।


पुरुष सिंगल्समा साविक विजेता संरक्षकभूषण वज्राचार्यले सन्तोष खत्रीलाई ६–४ र ६–४ ले हराउदै फाइनलमा पुगे । अर्को सेमिफाइनल बुधबारै खेलाइए पनि समय अभावका कारण खेल स्थगित भएपछि संरक्षकको प्रतिद्वन्द्वी टुंगो लाग्न सकेन ।

पूर्व विजेता जितेन्द्र परियार र प्रणव खनालबीचको अर्को सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा पुगेका बेला समय अभावका निर्णायक एवं तेश्रो सेट बिहीबार खेलाउने गरी स्थगित गरियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा सन्तोष खत्री र दावा शेर्पाको जोडीले प्रदीप खड्का र विकास खड्काको जोडीलाई ६–१ र ६–१ तथा कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले श्यामकृण जिसी र अन्जन थिङको जोडीलाई ६–० र ६–० को सीधा सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडीले लोक गुरुङ र धरम लामिछानेको जोडीलाई ४–६, ६–३ र १०–६ तथा राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीले प्रेम थापा र भुअरुण मल्लको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठले इन्द्रजित राईलाई ४–२ र ४–१ को सेटमा निराश पार्दै ज्ञानेन्द्र ताम्राकारसंग फाइनल भेट पक्का गरे । सहजै फाइनल पुगेका ज्ञानेन्द्र फादर म्याथ्युबाट वाकओभर पाए ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज शाह र छेवाङ लामाको जोडीले आत्माराम कार्की र अनुज अरोराको जोडीलाई ७–५ र ६–३ तथा कमल भण्डारी र महेश श्रेष्ठको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–१ र ६–२ ले पन्छ्याउदै फाइनलमा पुगे ।

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 19, 2024

गण्डकीका सदस्य सचिव शर्मालाई कारवाही गर्न माग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

Success

Thank you for your time.