10 years ago
December 3, 2015
सातौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनमा ऐतिहासिक सफलता प्राप्त गरेका रुजेश शाहीलाई बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरियो ।
मंसिर ८ देखि १४ गतेसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमा रुजेशले रजत जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा अहिलेसम्मकै ठूलो उपलब्धि हात पारेका थिए । उनले प्रतिस्पर्धा गरेको तौलसमूहमा ९ राष्ट्रको सहभागिता रहेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । त्यसमा भारत पहिलो र चीन तेश्रो भएका थिए । यसअघि श्याम श्रेष्ठले भारतको बनारसमा सन् २०१० मा भएको दोश्रो संस्करणमा नेपाललाई कांस्य दिलाएका थिए ।
प्रतियोगिताको पुरुष ६५ केजीमा महेश्वर महर्जनले चौथो स्थान हासिल गरे । त्यो स्पर्धामा १३ प्रतिस्पर्धीले भाग लिएका थिए ।
रुजेशलाई विमानस्थलमा संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, अभिभावक, साथीभाइलगायतले बाजागाजासहित भब्य स्वागत गरेका थिए । त्यसपछि रुजेशलाई नगर परिक्रमा पनि गराइएको थियो । रुजेशसहितको नेपाली शारीरिक सुगठन टोली बिहीबार स्वदेश फर्किएको हो ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]