default_image

8 years ago

December 2, 2017

सरोज र मनिष च्याम्प अफ च्याम्पियन्सको फाइनलमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरोज सेवा र मनिष डंगोल च्याम्प अफ च्याम्पियन्स (सीओसी) को फाइनलमा प्रवेश गरेका छन् । राजधानीको महाराजगञ्जस्थित जिमखानामा शनिबार भएको सेमिफाइनलमा ओखलढुङ्गाको सरोज सेवाले अर्घाखाचीको यादव थापालाई नकआउटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएका हुन् ।

अर्काे सेमिफाइनल मनिस डंगोल (कालोपुल) ले सुरेन्द्र कार्की (रौतहट)लाई अंकको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाए । म्याक्स बक्सिङ प्रमोशन र डान्सिङ याकले नेपालमा पहिलोपटक च्याम्प अफ च्याम्पियन्स (सीओसी) आयोजना गरेको हो । च्याम्प अफ च्याम्प जेठ महिनाबाट शुरु भएको हो । पहिलो चरणमा विभिन्न १६ बक्सरले सहभागिता जनाएका थिए ।

फाइनल खेल माघ १६ गतेलाई तोकिएको म्याक्स बक्सिङ प्रमोशनका प्रमुख म्याक्स बस्नेतले जानकारी गराए । सोही समयमा म्याक्सले पनि अजयदिससँग खेल्दै प्रो बक्सिङमा डेब्यु गर्नेछन् ।

यस च्याम्प अफ च्याम्पियन्सको विजेताले नगद २ लाख पुरस्कार हात पार्नेछ । दोस्रो हुनेले ३० तथा तेस्रो हुनेले १० हजार पाउनेछन् । यस्तै च्याम्पियनले बेल्जियममा गएर ३ महिना प्रशिक्षण गर्ने मौका पाउने म्याक्स बस्नेतले जानकारी गराए ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.