10 years ago
January 5, 2016
कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ |
अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो राष्ट्रिय निकुन्जले प्रदान गरेको कृतिमानी प्रमाण पत्र पण्डितलाई हस्त्रारन्त्रण गर्नु भएको थियो |
पण्डितले प्रधामन्त्री के पी ओलीले अफ्रीकाको सिखरमा फरफराउन दिएको नेपालको राष्ट्रिय झन्डा ,उल्टो हिडेर आरोहण गरि अफ्रीकाको सिखरमा पर्दसन गरेको झन्डा रास्ट्रपतिलाई साहशिक चिनो प्रदान गर्नु भएको थियो |कार्यकममा संसद हिरा बहादुर के सी .पूर्व संसद मुक्ति प्रसाद शर्मा ,रा.खे प पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना लगाएतको उपस्तिति थियो |
पण्डितले सगरमाथा सहित अन्य महादेशका शिखरहरुको सफल आरोहण गरिसकेका छन् | उनले गत वर्ष अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियसको पनि उल्टो आरोहण गरेर कृतिमान कायम गरेका थिए |उनि नेपालका पहिलो उल्टो हिडेर आरोहण गर्ने बिश्व परबतारोही हुन् | उनको अन्तिम गनतव्य अन्तट्राटिका महादेशको विन्सोन मशिफ रहेको छ | उनि यूरोपको सर्बोच्च सिखरमा ६ मिनेट ०३ से अर्ध नांगीएर पनि कृतिमान गरेका छन् | पण्डितले गत वर्ष किलिमंजरोको तीब्र गतिमा आरोहण गरिसकेका छन् |उनि लामो दुरीका धाबक पनि हुन् |उनले प्राण घातक हिमाल भनेर चिनिने मनास्लु ,जापानको फुजी लगायत हिमाल को पनि सफल आरोहण गरिसकेका छन् |
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]