default_image

8 years ago

January 29, 2018

इन्डियन ओपनमा विमलाको पदक पक्का

190 views

0 Bookmark

नयाँ दिल्ली (हाम्रो खेलकुद)- भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले नेपालको लागि पदक पक्का गरेकी छिन् । आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कम्तीमा कास्य पदक जित्ने पक्का गरेकी हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउदै कम्तिमा कास्य पक्का गरेकी हुन् । विमलाको यो पहिलो अन्तर्रा्ष्ट्रिय पदक समेत हो ।  प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाएपछि विमलाले स्वर्ण र रजत जित्ने लक्ष्य लिएको बताईन । यसअघि भियतनाम सहभागिता जनाएकी विमलाले भनिन् , “पहिलो अन्तर्रा्ष्ट्रिय पदक जितेको छु । एकदमै खुशी छु । अब अर्को चरणको खेलमा जित्ने लक्ष्यसहित रिङमा उत्रने छु ।” अब विमलाले सेमिफाइनलमा मंगलबार भारतीय खेलाडी मनिषासँग खेल्ने छिन्।

विमला नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट फाइटर बनेकी थिइन् । विमलाको यो पदकसँगै नेपालको अन्तर्रा्ष्ट्रिय बक्सिङमा पदकको खडेरी अन्त्य भएको छ । नेपालले धेरै पछि ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको मुख्य प्रशिक्षक प्रकास थापा मगरले जानकारी दिए । प्रशिक्षक मगरले भने, “बक्सिङको ठुला राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा विमलाले पदक जित्नु नेपालको लागि ऐतिहासिक हो । नेपालले बक्सिङमा धेरै पछि पदक जितेको छ ।” नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेपछि यो पहिलो अन्तर्रा्ष्ट्रिय पदक जितेको प्रशिक्षक थापाले बताए ।

प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत नै पुरुषतर्फ नेपालका पुरुषतर्फ विष्णु प्रसाद घलेले क्वाटरफाइनलमा स्थान बनाएका छन् । वेल्टर ६९ केजीका बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई अंकको आधारमा पराजित गरे । आर्मी क्लबकै विष्णुले वासुद्दीन घाव्सीलाई ३ – २ ले हराए । प्रतियोगिता अन्तर्गत नै आइतबार राति अन्य दुई महिला खेलाडी भने पराजित भएका छन् । महिला लाइट फ्लाइवेट ४८ केजी तौलकी ललिता महर्जन केन्याकी एन्जिभा भेरोनिका नबिथेसँग र लाइटवेट ६० केजीकी संगीता सुनार थाइल्याण्डकी पिमविलाई लावोपिमसँग अंकको आधारमामा पराजित भईन ।

प्रतियोगिता अन्तर्गत सोमबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सोमबार नेपालका तेज बहादुर देउवा (४९केजी) , प्रेम चौधरी (५२ केजी) र भुपेन्द्र थापा (६४ केजी) तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.