8 years ago
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्टले सञ्चालन गर्दै आएको स्पोर्टस् युनिभर्सले तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता प्राप्त गरेको छ ।
तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरका खेल पोशाक र खेल सामाग्री मात्र प्रयोग गर्नुपर्नेछ ।
नेपालमा मार्सल आर्टस् र त्यसमा पनि यी तीन खेलाडीका खेलाडीको संख्या बढी रहेकोले डेडुको आधिकारिक विक्रेता लिएको विष्टले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।
‘तेक्वान्दो, करोते र जुडोका खेलाडीले डेडुकै खेल पोशाक र अन्य सामाग्री प्रयोग गर्नुपर्ने भएपछि हामीले डेडुको सामान ल्याएका हौं,’ विष्टले भने, ‘यसले खेलाडीलाई खरिदका लागि सहज पर्ने हाम्रो विश्वास छ । यी पोशाक धेरै महंगो पनि छैन ।’
यी तीन खेलका लागि आवश्यक सबै खेलसामाग्री पनि बानेश्वर (शंखमुल रोड) स्थित स्पोर्टस युनिर्भसमा उपलब्ध रहेको विष्टले बताए । डेडुका अन्य उत्पदान ट्रयाकसुट, सिटसर्ट, स्पोर्टस सुज, ब्याग, ज्याकेटलगायतका सामग्री स्पोर्टस् युनिभर्समा पाउन सकिने बताइएको छ ।
चार वर्षअघि सुरु भएको स्पोर्टस् युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलगायत अधिकांश खेलका खेल समाग्री र खेल पोशाक सुपथ मुल्यमा होलसेल र खुद्रामा विक्रि गरिदै आएको विष्टले जनाएका छन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]