8 years ago
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बिकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण र १ कास्य पदक पदक जितेको नेपाल जुडो संघले जनाएको छ । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गरेकी थिगइन् ।
पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण पदक जिते । उनले फाइनलमा भारतका अर्विन्दो घोषलाई हराए । ६६ केजीमा स्वर्ण जितेका १२ औं सागका कांस्य विजेता इन्द्रबहादुर श्रेष्ठले बंगलादेशका कायस अहमदलाई पराजित गरे । बाल विकास माविमा अध्ययनरत स्वर्ण विजेता तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) मा आश्रित छन् ।
मनीता घरेलु प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी छिन् भने बाँकी दुई खेलाडी पामबाटै खेल्छन् । पुरुष ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जिते । उनले बंगलादेशकी अकिब हैदर इमोनलाई फाइनलमा हराइन् । महिला ६३ केजी मुनि निर्मला घर्तीले कांस्य पदक जितिन् । प्रतियोगिताको अन्तिम दिन बुधबार ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ११ खेलाडी सहभागी छन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]