8 years ago
April 4, 2018
ललितपुर (हाम्रो खेलकुद)– दुई नेपालीले अर्को महिना हुने विश्वको चर्चित मध्येको एक अमेरिकाको बोस्र्टन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । बोस्टर्न एथलेटिक्स संघको आयोजनामा वैशाख ३ गते हुने १ सय २२ औं बोस्टन म्याराथनमा ४६ वर्षे भिमसेन अवाले र ३८ वर्षे राजमान महर्जनले भाग लिनेछन् ।
बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेका उनीहरुलाई बुधबार ललितपुरको नेपाल डाइनामिक रनिङ क्लबले विदाई गरेको थियो । अवालले ४५–४९ वर्ष उमेर समूह र महर्जनले ३५–३९ वर्षको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
अवालले र महर्जनले खोन खाएन म्याराथन पुरा गरेकाले बोस्र्टन म्याराथन खेल्ने अवसर पाएको डाइनामिक रनिङ क्लबका सचिव एवंम् प्रवक्ता सहदेव व्यन्जनकारले जानकारी दिए ।
खोन खाएन म्याराथन ४५–४९ वर्षका सहभागीले ३ घन्टा ११ मिनेट १३ सेकेन्ड र ३५–३९ वर्षका सहभागीले भने ३ घन्टा ५ मिनेट ११ सेकेन्डमा म्याराथन पुरा गरिसक्नेले मात्र बोस्टन म्याराथनमा भाग लिन पाउने बताइएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]