default_image

8 years ago

April 10, 2018

पल्सर स्पोर्टस अवार्ड जेठमा

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्चले जेठको पहिलो साता पल्सर स्पोर्टस अवार्ड २०७४ आयोजना गर्ने भएको छ । २०७४ वर्षमा खेलकुद क्षेतमा योगदान गरेर देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी वा संस्थालाई यसपटक जेठ ४ गते सम्मान गर्ने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मञ्चले जानकारी दिएको छ । कार्यक्रम भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने बताइएको छ ।


लामो समयदेखि कार्यक्रमको मुख्य प्रायोजन गर्दै आएको हंसराज हुलास चन्द एन्ड कम्पनीले यसपटक अवार्डका लागि १० लाख रुपैयाँ र एनएस १६० ४ वटा मोटसाइल प्रदान गर्ने बताइएको छ । सो सम्झौतामा हंसारज हुलास् चन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यू गोच्छा र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । हंसराजले प्रायोजन गरेको यो आठौं वर्ष हो । मञ्चले २०६० देखि एक पटक बाहेक लागतार अवार्ड आयोजना गर्दै आएको छ । भूकम्पका कारण स्पोर्टस अवार्ड २०७२ आयोजना गर्न सकेन ।

हंसराज हुलास चन्द एन्ड कम्पनीका निर्देशक गोल्छाले खेलकुदले राष्ट्रलाई जोड्ने उल्लेख गर्दै स्पोर्टस अवार्डमा लगातार सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सहकार्यले भविष्यमा पनि जारी रहने बताए । मञ्चका अध्यक्ष अचार्यले २०७५ मा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका कारण यसपटक चाडै अवार्ड गर्ने तयारी गरेको बताए । हंसराज हुलास चन्दले यसपटक अवार्डलाई १० लाख रुपैयाँ र ४ वटा एनएस १६० मोटरसाइकल मञ्चलाई उपलब्ध गराउने कार्यक्रममा जानकारी गराइयो ।

विगतमा जस्तै अबको पल्सर स्पोट्र्स अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसहित समग्र रुपमा नेपाली खेलकुदलाई नै सम्मानित गर्ने मञ्चले जनाएको छ । यसअघि जस्तै उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ ।

पल्सर स्पोर्टस् अवार्ड २०७४ को आयोजनाका लागि अध्यक्ष महेश आचार्यको संयोजकत्वमा मूल समारोह समितिका साथै विभिन्न उपसमितिहरू समेत गठन गरिसकिएको मञ्चले जनाएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा सार्वजनिक गर्ने बताइएको छ ।

पल्सर स्पोट्र्स अवार्ड २०७३ मा उत्कृष्ट पुरुष खेलाडी फुटबलका किरण कुमार चेम्जोङ, उत्कृष्ट महिला खेलाडी ब्याडमिन्टनकी नङ्सल तामाङ, उत्कृष्ट युवा खेलाडी जुडोकी मनीता श्रेष्ठ प्रधान, बर्षका प्रशिक्षक एथलेटिक्सका पुष्पराज ओझा, पिपल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजु, पारा एथलिट अवार्ड दृष्टिविहिन क्रिकेटका पदम बडेला, लाइफटाइम एचिभमेन्ट अवार्ड गल्फका घनश्याम थापा, स्पेशल अवार्ड बन्दी सहायता नियोग ९पाम० लाई प्रदान गरिएको थियो । टिम अफ दि इयर राष्ट्रिय भलिबल टिमलाई घोषणा गरिएको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.