8 years ago
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल जुडो संघले अर्को साता आयोजना गर्ने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा ३ दिनसम्म हुने आठौं संस्करणको दक्षिण एसियाली जुडो च्याम्पियनसिपको सबै तयारी पुरा भएको मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जनाएको हो ।
संघले चौथो पटक दक्षिण एसियाली च्याम्पियनसिप आयोजनाको जिम्मेवारी पाएको हो । संघले यसअघि पहिलो ,सन् २००८ मा पाँचौ तथा २०१४ मा सातौं संस्करण आयोजना गरेको थियो । बैशाख ८ देखि १० गते सम्म हुने च्याम्पियनसिप अन्तर्राष्ट्रिय जुडो फेडेरेसनको नियम अनुसार पुरुष तथा महिला प्रतिस्पर्धा ४–४ मिनेटको हुनेछन् । च्याम्पियनसिपमा दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
नेपालको दुई बाँकी सहभागी राष्ट्रका समान १ टोलीको सहभागिता रहने प्रतियोगितामा ७ तौल समुहमा ५५ जना पूरूष र ४७ जना महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । पूरूष तथा महिला तौल समुह एकलतर्फ समान ७ स्वर्ण, ७ रजत, १४ कास्य रहनेछन् । त्यस्तै पूरूष र महिला टिम ईभेन्टतर्फ पनि समान १ स्वर्ण, १ रजत, र ट्रफी साथै २ कास्य गरी जम्मा ६४ पदक रहेको छ ।
पूरूषतर्फ ६० केजी तौलसमूह मुनि, ६६ केजी तौलसमूह मुनि, ७३ केजी तौलसमूह मुनि, ८१ केजी तौलसमूह मुनि, ९० केजी तौलसमूह मुनि, १ सय केजी तौल समुह मुनि र १ सय केजी तौलसमूह भन्दा माथि प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ ४८ केजी तौल समूह मुनि, ५७ केजी तौल समूह मुनि, ६३ केजी तौल समूह मुनि, ७० केजी तौल समूह मुनि, ७८ केजी तौल समूह मुनि र ७८ केजीभन्दामाथि प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा नेपालबाट समान १८ पूरूष खेलाडी र १८ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय टिमको प्रशिक्षणमा रहेको शीर्ष खेलाडीहरुले स्वत च्याम्पियनसिपको लागि स्थान बनाएको र बाँकी खेलाडीहरु ¥याङकिङको आधारमा छनोट गरिएको संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले बताए । उनले नेपाली खेलाडीमा दक्षिण एसियाली खेलुकदमा स्वर्ण र एसियाडमा पदक जित्न सक्ने क्षमता रहेको बताए ।
च्याम्पियनसिप सञ्चालनको लागि करिव ५० लाख खर्च रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । च्याम्पिसिपका लागि राष्ट्रिय खेलकुद परिषद, अन्तर्राष्ट्रिय जुडो फेडेरेसन, जुडो एसिया, प्रायोजकबाट आर्थिक सहयोग हुने अध्यक्ष बज्राचार्यले बताए । प्रत्येक दिन सञ्चालन गरिने खेल इभेन्टहरूको फाइनल तथा पुरस्कार सोही दिन वितरण गरिने तथा समापनको दिन टिम ईभेन्ट संचालन गर्ने बताइएको छ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]