8 years ago
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटी (२४२४) रेटेडले काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । हर्षले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि जितेका हुन् ।
हर्षले ६ खेलमा जित निकालेका थिए भने ३ खेलमा बराबरी खेलेका थिए । बराबरी खेलेपनि उपाधि जित्ने हर्षले क्वीन्स इन्डियन प्रणालीमा खेल्दै ४३ औं चालमा अजरलाई बराबरीमा रोकेका थिए । पराजित रहेका अजर मिर्जोभ ५ खेलमा सफलता र ४ खेलमा बराबरी खेलेर ७ अंकसहित उपविजेता बने ।
समान ७ अंक भएपनि टाइब्रेकको आधारमा युक्रेनका २५४९ रेटेड ग्राण्डमास्टर तार्लेभ कन्स्टेन्टिन तेस्रो भए । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए ।
उनले पनि अन्तिम खेलमा भारतका २४१३ रेटेड इन्टरनेशनल मास्टर हिमाल गोसाईंसँग बराबरी खेलेका थिए ।
भारतका २२८५ रेटेड इन्टरनेशनल मास्टर पी श्यामनिखिल चौथो र इजरायलका २४९० रेटेड ग्राण्डमास्टर ग्रिनफिल्ड अलोन पाँचौं स्थानमा रहे ।
उपाधिसहित हर्षले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएको अजर मिर्जोभले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे ।
तेस्रो र चौथोले क्रमशः ५० र ३० हजार रुपैयाँ पाए । भारतका हिमाल गोसाईं छैटौं, रुसका भोल्कोभ सर्गेइ सातौं, स्पेनका भेगा मार्कोस आठौं, रुसका अलेक्जेन्डर फोमिनी नवौं र भारतका सन्दिपन चन्दा दशौं स्थानमा रहे ।
नेपाली खेलाडी शीर्ष २० भित्र परेनन्
नेपाली खेलाडीहरुको लागि यो प्रतियोगिता मिश्रित रह्यो । नेपाली खेलाडीहरु २० औं स्थानसम्म भएको मुख्य पुरस्कार हात पार्न असफल भए ।
नेपाली खेलाडीहरुमा नेपाल चेस संघको छात्रबृत्तिमा रुसमा अध्ययनरत रुपेश जयसवाल पहिलो भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । रुपेशले बेलारुसका ग्राण्ड मास्टर कास्भारोभ सर्गेइलाई बरबरीमा रोकेर ६ अंक प्राप्त गरे ।
त्यस्तै नेपालका उच्च वरियताका २२६३ रेटेड खेलाडी विवेक थिङ दोस्रो स्थानमा रहे । विवेक स्पेनका अन्तर्राष्ट्रिय मास्टर भेगा मार्कोससँग पराजित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तेस्रो स्थानमा रहे । नेपालका बद्रीलाल नेपाली पचास वर्षमाथि उमेर समूहमा पनि तेस्रो स्थान हात पार्न सफल भए । उक्त समुहमा भारतका इन्टरनेशनल मास्टर अनुप देशमुख पहिलो र केभी शान्ताराम दोस्रो भए ।
१८०० मुनि रेटेडमा मनिराज डाँगी तेस्रो भए भने बेस्ट अनरेटेडतर्फ नेपालका प्रणित अमात्य तेस्रोमा रहन सफल भए । १८ बर्षमुनि महिलातर्फ तेजश्विनी तामाङ तेस्रो, १४ बर्षमुनि महिलातर्फ मार्सल तामाङ पहिलो भईन् । नेपाली महिलातर्फ कृपा अधिकारी, शान्ति धिमाल र खुश्बु थापा क्रमश पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार पाए ।
होमल्याण्ड स्पोर्टस क्लवको आयोजनामा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा पाँच दिनसम्म चलेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले पुरस्कृत गरे । चैत २९ देखि सञ्चालन भएको प्रतियोगितामा १९ राष्ट्रका १ सय ८० खेलाडीको सहभागिता थियो ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]