8 years ago
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) –१९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली टोली शनिबार उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गर्दैछ ।
अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १/१ पुरुष/महिला खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । पुरुपमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा भारोत्तोलन मुख्य प्रशिक्षक राम पौडेल रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]