default_image

8 years ago

April 22, 2018

पामका इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन नेपाललाई एक स्वर्ण दिलाएका छन् । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपको दोस्रो दिन इन्द्रले पाकिस्तानका बाबार हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् ।

तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद

शुरुबाटै आक्रमक खेल खेलेका इन्द्रले समय सकिन एक मिनेट ५५ सेकेण्ड बाँकी रहँदा इप्पोनमा पराजित गर्न सफल भए । यससँगै नेपालले प्रतियोगितामा स्वर्ण संख्या २ पु¥याएको छ । यसअघि पहिलो दिन रविन श्रेष्ठले १ सय केजीमुनि नेपाललाई स्वर्ण दिलाएका थिए ।

स्वर्णपदक हात पारेपछि इन्द्रले अहिलेसम्म नमिलेको खुशी मिलेको बताए । ‘साच्चै आज म एकदमै खुशी छु । यो जितको बयान पनि गर्न सक्दिन । खुशीको सीमा नै छैन ’ इन्द्रले भने, ‘सेमिफाइनलमा भारतीय खेलाडीलाई पछारेपछि नै स्वर्ण जित्छु भन्ने लागेको थियो । त्यही आत्मविश्वासले फाइनलमा पाकिस्तानी खेलाडीलाई पछार्न सके । स्वर्णको जितको बयान नै गर्न सक्दिन ।”

बन्दी सहायता नियोग (पाम) का १९ वर्षे इन्द्रले यसअघि भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा कास्य जित्न सफल भएको थियो । उनले अब आसन्न जकार्ता एसियाडमा पदक जित्नको लागि मिहेनत गर्न बताए । आइतबार नेपालले ३ रजत र ९ कास्य जित्न सफल भयो ।

पुरुषतर्फ ८१ केजी तौल समूह मुनि सन्जय महर्जन रजतमा सीमित भए । सन्जय भारतीय दिभेससँग इप्पोनमा पराजित भए । यो स्पर्धामा पाकिस्तानका मोहम्मद अब्बास र श्रीहर्ष पेरिसले कास्य जिते । यस्तै पुरुष ७३ केजी तौल समुहमुनि सन्जित डंगोल भारतकै अजय यादवसँग पराजित हुदै रजतमै खुम्चिए ।

सन्जित पनि भारतीय खेलाडीसँगै इप्पोनमा पराजित भए । यो स्पर्धामा नेपालका जंग बहादुर सारु र पाकिस्तानका नदिम अक्रमले कास्य जिते । ६० केजी तौल समूहमा नेपालका रोशन बहादुर दोङ र उमेश मगरले कास्य जिते । रोशनले भुटानका टासी वाङचुकलाई तथा उमेशले नेपालकै सुदेश बहादुर दोङलाई गोल्डेन स्कोरमा ३ सिदोसहित हराए ।

महिलातर्फ पुनम श्रेष्ठ गोल्डेन स्कोरमा ३ सिदोसहित भारतीय जीनादेवी चोङथामसँग पराजित हुदै रजतमै सीमित बनिन् । यो स्पर्धामा नेपालकी भावना घर्तीमगर र पाकिस्तानकी बेनिश खानले कास्य जिते । भावनाले बंगलादेशकी इटी मस्ट खातुनलाई तथा बेनिशले श्रीलंकाकी मधुशानीलाई पराजत गर्दै कास्य जित्न सफल भइन् ।

७० केजी तौलसमूह मुनि नेपालकी सुनिता मगरले कास्य जितिन् । यो स्पर्धामा भारतकी गरिमा चौधरीले स्वर्ण र बंगलादेशकी फरिना खानोमले रजत जितिन् । यस्तै ७८ केजीभन्दा माथि तुलिका मानले स्वर्ण जित्दा श्रीलंकाकी मिलानी सिल्भाले रजत जितिन् । नेपालकी आकृति जोशी र बंगलादेशकी टाहामिना अख्तर लोपाले कास्य जितिन् । आकृतिले नेपालकी सुनिता बोहरालाई पराजित गर्दै कास्य हात पारेकी हुन् ।

प्रतियोगिताको दोस्रो दिन सकिदा भारत १० स्वर्णसहित शीर्ष स्थानमा छ । पहिलो दिन ४ स्वर्ण जितेको भारतले दोस्रो दिन भएको ७ विधामध्ये ६ विधामा स्वर्ण जितन सफल भयो । नेपालले २ स्वर्ण ६ रजत र ११ कास्य जितेको छ । पाकिस्तानले २ स्वर्ण ३ रजत र ३ कास्य जितेको छ । बंगलादेशले स्वर्ण जित्न सकेको छैन ।

प्रतियोगितामा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता रहको छ । तीनदिने प्रतियोगितामा नेपालबाट १८ महिला र १८ पुरुष खेलाडीको सहभागिता छ । च्याम्पियनसिप अन्र्तगत अन्तिम दिन टिम इभेन्ट्सको खेल हुदैछ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.