8 years ago
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पृष्ठभूमिबाट सेना वा प्रहरीमा प्रवेश गर्नेको सुचि नेपालमा लामो भइसकेको छ । त्यसमा अर्की एक महिला भलिबल खेलाडीको नाम थपिएको छ । न्यु डायमण्ड एकेडेमीकी कृपा अधिकारी नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी छिन् ।

घरेलु भलिबलमा विभागीय टिमलाई चुनौती दिन सक्ने टोलीको रुपमा रहेको न्यु डायमण्ड एकेडेमीको महिला भलिबल टिमको दोस्रो ब्याचका खेलाडी कृपाले आइतबार सहायक सेनानी पदमा नाम निकालेकी हुन् ।
न्यु डायमण्डलाई घरेलु प्रतियोगिताहरुमा थुप्रै पटक विजेता र उपविजेतासम्म पु¥याउन कृपाको योगदान महत्वपूर्ण रहेको छ । सहायक सेनानीमा नाम निकालेपछि कृपाले खुशी लागि रहेको तर, सबै कुरा सिकाउने न्यु डायमण्ड छोड्नु पर्दा दुःख लाग्ने बताइन् ।
‘मैले न्यु डायमण्डमै सबै कुरा सिके । छोडेर जानुपर्दा नरमाइलो त लाग्छ नै । आफ्नो भविष्य पनि हेर्नुपर्छ ’ राष्ट्रिय महिला भलिबल टिमकी सेटर समेत रहेकी कृपाले हाम्रो खेलकुदलाई भनिन्, ‘म जहाँ गएपनि न्यु डायमण्ड स्कुल र टिम सधै मेरो मन मुटुमा हुनेछ । न्यु डायमण्डलाई सधै सहयोग र सपोर्ट हुनेछ ।’ प्रशिक्षक कुमार राई सर पनि खुशी हुनुहुन्छ । म पनि खुशी छु ।’
यस्तै कृपाले सेनामा प्रवेश गरिसकेपछि त्यहिको नियम पालन गर्नुपर्ने भएकोले आर्मीको टिमबाट तत्कालै खेलिहाल्ने कुनै योजना नबनाएको बताए । न्यु डायमण्डमा भलिबल शुरु भएको २÷३ वर्षपछि कृपाले कुमार राईसँग भलिबल कला सिकेकी थिईन् । न्यु डायमण्डमा कृपा आउनुभन्दा अघि बीना मोत्तानले सेटरको भुमिका निभाउथिन्।
बीना हाल रोजगारीको शिलशिलामा दुवईंमा रहेकी छिन् । १८ वर्षीय कृपा बीएससी अध्ययनरत छिन् । सहायक सेनानी पदमा नाम निकालेकी सेटर कृपालाई नेपाली राष्ट्रिय टिमको कप्तान बिनिता बुढाथोकीको विकल्पको रुपमा हेरिएको छ । नेपालमै भएको माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी कृपाले १२ औं दक्षिण एसियाली खेलुकद ९साग० मा पनि राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेकी छिन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]