default_image

7 years ago

June 8, 2018

म्याक्स र अर्षदीपबीचको प्रो बक्सिङ हुँदै

200 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर मनोहर बस्नेत (म्याक्सी र भारतीय बक्सर अर्षदीप बुल्लारबीच शनिबार प्रोसेसनल बक्सिङ खेल हुनेछ । म्याक्स बक्सिङ प्रमोसनको आयोजनामा हुन लागेको च्याम्प अफ च्याम्पियन नाम राखिएको उक्त बक्सिङ खेल दुवै बक्सरको लागि प्रोफसन बक्सिङमा डेब्यु खेल हुनेछ । उनीहरुले लाइट हेभीवेट क्याटगोरीमा प्रतिस्पर्धा गर्नेछ ।

यो प्रतिस्पर्धालाई नेपाल र भारतबीचको प्रो बक्सिङ खेलको रुपमा हेरिएको छ । च्याम्प अफ च्याम्प लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा दिउसो ३ बजेपछि हुनेछ । सोही दिन नै च्याम्प अफ च्याम्प सिजन फस्टको खेलाडीहरु र त्रिभुवन आर्मी क्लबका बक्सरबीच खेल हुने म्याक्स बक्सिङ प्रमोशनका म्याक्स बस्नेतले जानकारी दिए ।

च्याम्पका आकाश सुवेदी र च्याम्पकै सनिल शाहीले लाइट तौल समूहमा प्रतिस्पर्धा गर्नेछ । सोही तौल समुहमा च्याम्पका यादव थापाले आर्मीका नरेश देवानसँग खेल्नेछ । च्याम्पका सविन गुरुङले आर्मीका सुरेश नेपाली र च्याम्पका अनुज भण्डारीले दान बहादुर दलामीसँग वेल्टर तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

सबै फाइट ५ बाउटको हुनेछ । हरेक तौल समूहका विजेताले १० हजार रुपैया पाउने छ । म्याक्स बक्सिङका म्याक्सले नेपाली बक्सिङमा यो प्रतियोगिता प्रोफेसनल बक्सिङका लागि शुरुवात हुने बताए । यस प्रतियोगितालाई साखः स्टिलले मुख्य प्रायोजन गरेको छ । विभिन्न संघ सस्थाहरुले पनि सहयोग गरेको छ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.