default_image

7 years ago

June 26, 2018

एसियाडका लागि नेपाली बक्सरले थाइल्यान्डमा प्रशिक्षण लिने

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता एसियाडका लागि नेपाल राष्ट्रिय बक्सिङ टोली विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएका छ । नेपाली खेलाडीले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण गर्ने बताइएको छ । टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्नेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापा, बक्सिङका भीष्म पितामह सुरेश सिंह आलेलगायतले विदाई गरे ।

प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिपमा पनि सहभागिता जनाउनेछन् । च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुदैछ । त्यस प्रतियोगिताका लागि बिहिबार दुई खेलाडी र एक प्रशिक्षक बिहिबार थाइल्यान्ड जानेछ ।

यस प्रतियोगितामा एसियाड टोलीमा नरहेका दुई खेलाडी विमल रोका र एक बहादुर घलेले प्रतिस्पर्धा गर्नेछन् । थाइल्यान्ड ओपन बक्सिङका लागि प्रशिक्षकमा प्रविण तुलाधार रहेका छन् । विमलले ५६ केजी र एक बहादुर घलेले ६९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

यसबाहेक च्याम्पियनसिपमा एसियाडको टोलीमा रहेका महिलातर्फ बिमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजी ताल्ैसमूहमा प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ तेज बहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, भुपेन्द्र थापा ६४ केजी, विष्णु घले ६९ केजी र दिपक श्रेष्ठ ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ ।

मुख्य प्रशिक्षक प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दिपक महर्जन रहेका छन् । टोलीको व्यवस्थापकमा दिलिपा श्री अधिकारी रहेकी छिन् । एसियाड भदौ पहिलो साता सुरु हुनेछ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.