7 years ago
June 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा सुरु भएको थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको पहिलो दिन ५६ केजी मुनीको तौल समूहमा नेपाली खेलाडी विमल रोका विजयी भएका छन् । विमलले पहिलो चरणको खेलमा स्लोभेनियाका एलेक्स गुजेजमाथि जित हासिल गरको हुन् ।
तस्बिर सौजन्य -एनएसजेएफ
थाइल्यान्ड बक्सिङ संघको आयोजना भएको प्रतियोगितामा शनिबार अन्य दुई खेलाडी खेलाडी दीपक श्रेष्ठ र एकबहादुर घले पराजित भएका छन् । ७५ केजी मुनीको तौल समूहमा दीपक काजकस्तानका अमान काजन्कापोभसँग पराजित भए । त्यस्तै ६० केजि मुनि तर्फ एकबहादुर आयोजक थाइल्यान्ड बि का सोमचाइ वोङ्सुवानसँग हारेका थिए ।
प्रतियोगितामा आइतबार ६९ केजि मुनि बिष्णु प्रसाद घलेले चाइनिज ताइपेका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै प्रतियोगितामा अन्य नेपाली खेलाडी भुपेन्द्र थापाले ६४ केजि मुनी, तेज बाहादुर देउवाले ४९ केजी मुनीको तौल समूहमा खेल्नेछन् । ५२ केजी मुनीको तौल समूहमा प्रेम चौधरी भने मेडिकल डिसक्वालिफाइड भएका छन् ।
प्रतियोगितामा नेपाल सहित अन्य ३० देशका ३ सय भन्दा बढी खेलाडिले भाग लिइरहेका छन् । नेपाल बक्सिङ संघको ब्यबस्थापनमा नेपाली टोलीले आसन्न एसियन गेम्सको तयारी त्यहि गर्नेछ । थाइल्यान्डमा झन्डै डेढ महिनाको तयारीपछि नेपाली टोली डन्डोनेसिया प्रस्थान गर्नेछ । इन्डोनेसियाको जाकार्तामा भदौको पहिलो साताबाट १८ औं एसियाली खेलकुद सुरु हुनेछ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]