7 years ago
June 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पुरा भएको छ । फाइनलमा विभागीय टोलीका खेलाडीको वर्चश्व रहेको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका सुशिल थापा र एपिएफका आश तामाङ फाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा आर्मीका सुशिलले एपिएफका प्रदिप महर्जनलाई हराए भने आशले कास्कीका विष्णु गौतमलाई हराए । पुरुष ५२ केजी तौल समूहको स्वर्णका लागि एपिएफका पुरन राई र कास्कीका दिनेश बानियाँ भिड्ने भएका छन् । सेमिफाइनलमा पुरनले झापाका सुरेन्द्र राईलाई र दिनेशले झापाका जितेन्द्र राईलाई पराजित गरे ।
६० केजी तौल समूहको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मालाई र झापाका प्रकाश लिम्बुले कञ्चनपुरका रामबहादुर थापालाई हराए । ६४ केजी तौल समूहको पहिलो सेमिफाइनलमा आर्मीका नरेश थापाले एपिएफका सोनम कार्कीलाई हराउँदै फाइनलमा प्रवेश गरे ।
अर्को सेमिफाइनलमा झापाका अविनय राईले आर्मीका बुद्धिसागर गुरुङलाई पराजित गर्दै नरेशसँगको भिडन्त पक्का पारे ।६९ केजीमा आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दिप बेन्जुलाई हराए । अर्को सेमिफाइनलमा कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।
पुरुषकै ७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगरलाई र आर्मीका किरण राज शाहीले दमकका प्रेम गुरुङलाई हराउँदै फाइनल भिडन्त पक्का पारे ।८१ केजीमा कास्कीका दिपक सुनुवारले आर्मीका कृष्ण सिंह धामीलाई हराए । अर्को सेमिफाइनलमा आर्मीका भुपेन्द्र सिंहले टिकाथलीका रवीन्द्र घिमिरेलाई हराए ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहको स्वर्णका लागि एपीएफका दुई खेलाडी आमने सामने हुनेछन् । नन्जा बुढामगरले आर्मीकी सुमित्रा विकलाई हराइन् भने सावित्री तामाङले अल्फाका विमला थापामगरलाई पराजित गरिन् ।
५२ केजी तौल समूहको पहिलो सेमिफाइनलमा मकवानपुरकी सन्जुमाया थिङले आर्मीकी आरती तामाङलाई हराइन् । यस्तै अर्को सेमिफाइनलमा एपीएफकी माला राईले आर्मीकी गिताकुमारी थापालाई हराउँदै फाइनलमा पुगिन् ।
५४ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ र काठमाडौंकी मिना घले फाइनलमा पुगेका छन् । मिनुले एपीएफकी निता गोसाईलाई हराइन् भने मिनाले दमककी चन्द्रकला राईलाई पराजित गरिन् । ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई र नक्सालकी कुशुम तामाङले आर्मीकी मुना बम्जनलाई हराइन् ।
६० केजीमा आर्मीकी सविना श्रेष्ठ दमककी सोममाया लिम्बुलाई हराइन् भने ६४ केजीमा आर्मीकी विनिता मगरले नक्सालकी अम्बिका विकलाई र एपीएफकी विनिता थापामगरले भक्तपुरकी सरु ब्यन्जुलाई हराउँदै फाइनलमा स्थान बनाइन् । प्रतियोगिताका सबै फाइनल खेलहरु आइतबार हुनेछन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]