7 years ago
July 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर तेजबहादुर देउवा थाइल्यान्डमा जारी पहिलो थाइल्यान्ड ओपन अन्तरास्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत ४९ केजी मुनिको तौल समुहको तेस्रो चरणमा पुगेका छन् ।
बैंककमा सोमबार भएको खेलमा तेजले लाओसका खाम्फोभान खाम्साथोनेलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका थिए । तेजले पहिलो चरणमा बाई पाएका थिए । थाइल्यान्ड बक्सिङ संघले आयोजना भइरहेको प्रतियोगिताको ६४ केजी मुनि तौल समूहको पहिलो चरणमा भुपेन्द्र थापा पराजित भएका छन् ।
पहिलो चरणबाटै बाहिरिने उनी चौथो नेपाली खेलाडी हुन् । भुपेन्द्र दक्षिण कोरियाका ह्युनसुक लिमले पराजित गरेका हुन् । ५६ केजी तौल समूहको पहिलो चरणमा सफलता प्राप्त गरेका विमल रोका दोस्रो चरणमा पराजित भएका छन् ।
विमललाइ काजकस्तानका खेलाडी जहानबोलतसँग पराजित भएका हुन् । विमलले पहिलो खेलमा स्लोभेनियाका खेलाडिलाइ हराएका थिए । ६ नेपाली बक्सरले भाग लिएको प्रतियोगितामा अब तेजबहादुर मात्र बाँकी रहेका छन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]