default_image

7 years ago

August 2, 2018

एसियाडका लागि जुडोले हंगेरीमा विशेष प्रशिक्षण गर्ने

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली जुडो टिमले हंगेरीमा विशेष प्रशिक्षण गर्ने भएको छ । विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नुअघि नेपाली टोलीले थाइल्यान्डमा हुने थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागिता जनाउने छ ।

१० खेलाडी र ४ अफिसियलसहितको नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीलाई राखेपका सदस्यसचिव केशव कुमार विष्ट, कीर्तिपुर नगरपालिकाका मेयर तथा जुडो संघका उपाध्यक्ष रमेश महर्जन, संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बिदाई गरे । नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिप ४ र ५ अगस्टमा हुनेछ ।

च्याम्पियसिपपछि नेपाल जुडो टोली स्वदेश फर्कनेछ । ८ तारिखमा नेपाल हंगेरीको बुढापेस्ट प्रस्थान गर्नेछ । त्यसपछि नेपालले अगस्ट १०–१२ मा हुने बुढापेस्ट ग्रान्ड प्रिक्स–२०१८ मा सहभागिता जनाउने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । यि दुवै प्रतियोगिताको लागि जापानमा प्रशिक्षणरत रहेकी सागकी स्वर्णधारी फुपुल्हामु खत्रीलाई सहभागिता गराउन नसकिएको अध्यक्ष बज्राचार्यले जानकारी बताए ।

फुपु जापानबाटै इन्डोनेसिया प्रस्थान जानेछिन् हंगेरीको विशेष प्रशिक्षणपछि नेपाली जुडो टोली २५ अगस्टमा इन्डोनेसिया प्रस्थान गर्नेछ । थाइल्यान्ड जाने टिममा एसियाड खेल्ने पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ, सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ छन् ।

महिलातर्फ देविका खड्का, मनिता श्रेष्ठ प्रधान र पुनम श्रेष्ठ छिन् । यस्तै सुमित्रा राई, सन्जय महर्जन र उमेश मगर छन् । सुमित्रा राई र सन्जय महर्जन एसियाडका लागि वैकल्पिक खेलाडीको रुपमा छनोट भएका खेलाडी हुन् । उमेश मगरले यही खेलमा २०१७ मा ाकास्य जितेका थिए ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.