default_image

7 years ago

August 3, 2018

जापानले टोकियो ओलम्पिकसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  टोकियो ओलम्पिक (सन् २०२०) आयोजक राष्ट्र जापानले ओलम्पिक अघिसम्म नेपाली खेलाडीहरुलाई सहयोग गर्ने भएको छ । ओलम्पिक अघिसम्म नेपाली खेलाडीलाई सहयोग गर्ने सम्बन्धमा शुक्रबार नेपाल ओलम्पिक कमिटिले ओलम्पिक आयोजक राष्ट्र जापानको फुकुसीमामा अवस्थित तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ ।

सम्झौतामा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र एथलेट सोसाइटीका महासचिव डा. ओकी सोकोले हस्ताक्षर गरे । सम्झौताअनुसार तामुरा सिटी र एथलेट सोसाइटीले ओलम्पिकलाई छानिने सम्भावना भएको खेल र खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउनेछ । प्रशिक्षण नेपाल वा जापान हुन सक्ने एनओसी अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

‘आज ओलम्पिक कमिटिले तामुरा सिटी र एथलेट सोसाइटीसँग सम्झौता गरेको छ । यो सम्झौता टोकियो ओलम्पिक २०२० सम्म रहनेछ । तामुरा सिटीले आर्थिक पाटो हेर्नेछ । एथलेटले टेक्निकल भागमा सहयोग गर्ने सम्झौता भएको छ ’ ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘हामीले पोटेन्सियल खेल भएका खेलाडीलाई पठाउनेछौ । उनीहरुले विशेष गरी म्याराथनलाई बढी प्राथमिकतामा राखेको छ । अन्य सम्भावित खेलहरु पनि हुनेछ ।’

अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका लागि नेपालले वाइल्ड कार्डबाट मात्रै नभएर छनोट चरण पार गरेरै खेल्नको लागि तयारी भैरहेको समेत बताएका छन् । सम्झौता अनुसार शनिबारबाटै तामुरा सिटी र एथलेट सिटीले म्याराथनको प्रशिक्षण शुरुवात गर्नेछ । जसलाई बेइजिङ ओलम्पिक सन् २००८ का ओलम्पियन युरिका नाकामुराले एनओसी भवन र लगनखेलस्थित आर्मीको मैदानमा प्रशिक्षण दिनेछन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.