7 years ago
August 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)- खेलकुद म्यागजिन ‘स्पोर्ट्स भ्वाइस’ को मंगलबार विमोचन भएको छ । नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघले संयुक्त रुपमा प्रकाशन गरेको ‘स्पोर्टस् भ्वाइस’ को पहिलो अंक विमोचन गरिएको छ ।
स्पोर्ट्स भ्वाइसको पहिलो अंक संघिय संसद दुर्गा पौडेल र नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन र पूर्व सांसद तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीविक्रम शाहले संयुक्त रुपमा विमोचन गरेका थिए ।
खेल र खेलाडीहरुको आवाज सशक्त बनाउने उद्देश्यले म्यागेजिन प्रकाशन गर्न लागिएको संघका अध्यक्ष महर्जनले जानकारी दिए । यस्तै कार्यक्रममा म्यागजिन प्रकाशनको लागि ग्लोरियुससँग पाँच बर्षको लागि सहकार्य गर्ने भएको छ ।
सम्झौतासँगै ग्लोरियुसले म्यागजिन निकाल्न मद्दत गर्नेछ । कार्यकममा म्यागजिन प्रकाशक नेपाल पर्यटन खेलकुद संघले स्पोर्ट्स भ्वाइस म्यागजिन निरन्तर प्रकाशन हुने समेत जानकारी दिएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]