7 years ago
August 23, 2018
दीपक न्यौपाने
जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको महिला एकल रिकर्भमा नेपालकी ज्ञानु अवाले राउण्ड अफ ३२ बाट बाहिरिएकी छिन् । उनी हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित भएकी हुन् ।

पहिलो सेट २७-२२ ले पराजित भएकी ज्ञानुले दोस्रो सेटमा २७-२३ को हार बेहोरिन् । तेस्रो सेटमा लामको तेस्रो प्रहार खराब हुँदा ज्ञानु २६-२१ ले विजयी रहिन् । चौह्तो सेटमा लामले पुन लय समातिन र ज्ञानु २८-२३ ले पछि पर्दै खेल गुमाउन पुगिन् ।
यसअघि ज्ञानुले छनोट चरणमा ५ सय ८६ अंक जोड्दै ५५ औं स्थानमा रहेर एलिमिनेसन चरणको लागि छनोट भएकी थिइन् । छनोटमा ६८ खेलाडीले सहभागिता जनाएका थिए । ज्ञानुलाई पराजित गरेकी लामले अब चाइनिज ताइपेइकी तान याटिङको सामना गर्नेछिन् ।
पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामा तथा रोशन नगरकोटीले श्रीलंकाली खेलाडी सजीव डा सिल्भाको सामना गर्दैछन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]