default_image

7 years ago

August 26, 2018

एसियाड भारोत्तोलन : तारादेवीको राष्ट्रिय कीर्तिमान

171 views

0 Bookmark

दीपक न्यौपाने
जाकार्ता- नेपालकी तारादेवी पुनले इन्डोनेसियामा भइरहेको एसियाडमा भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जेआइ एक्स्पो हलमा आइतबार भएको भारोत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

ताराले स्न्याचमा ७४ केजी भार बहन गरिन् । क्लिन एण्ड जर्कतर्फ १०१ केजी गरी कुल १७५ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान राखे पनि ९ खेलाडी सम्मिलित यस स्पर्धामा तारा आठौं स्थानमा रहिन् । यस स्पर्धाको स्वर्ण उत्तर कोरियाकी रिम जोङ सिमले जितिन् ।

ताराको कीर्तिमानसँगै भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट भारोत्तोलनमा दुई पुरुष र दुई महिला खेलाडी सहभागी भएकोमा तारासहित सञ्जु चौधरी र कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान सुधार गर्न सफल भएका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.