default_image

7 years ago

August 27, 2018

८ सय मिटरमा सोमको नयाँ राष्ट्रिय कीर्तिमान

123 views

0 Bookmark

काठमाडौं (एजेन्सी)-धावक सोम बहादुर कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार भएको दौडमा उनले १ मिनेट ५०.२५ सेकेन्डमा दूरी पार गर्दै धनीराम चौधरीले सन्१९९५ को साफ गेम्समा बनाएको कीर्तिमान भंग गरेका हुन्।


सोमबहादुर कुमाल । फाइल तस्बिर

धनीरामले १ मिनेट ५०.६० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए । सोमको नाममा गतवर्ष भारतको भुवनेश्वरमा भएको एसियन च्याम्पियसिपमा १ मिनेट ५२.५६ सेकेनडो समय रहेको थियो । आजै महिला ८०० मिटर दौडमा सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी थिइन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.