7 years ago
August 28, 2018
जातार्ता (एजेन्सी)- १८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ ।
प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया २१९२ अंकसहित तेस्रो तथा तेस्रो चरणको खेल सकिदासम्म शीर्ष स्थानमा रहेको इन्डोनेसिया चौथो स्थानमा झरेको छ ।
बुधबार हुने पाँचौ तथा अन्तिम चरणको खेलमा यही प्रदर्शनलाई निरन्तरता दिन सके नेपालले जारी एसियाडमा पहिलो पदक जित्नेछ । नेपाली टोली पहिलो र दोस्रो चरणको खेल सकिदा नेपाल तेस्रो स्थानमा रहेको थियो । तर, तेस्रो चरणमा नेपाल चौथो स्थानमा झरेको थियो ।
प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् ।
चौथो चरणको खेलमा नेपालका तीन खेलाडीले टाक्स पूरा गरेका कारण नेपाल दोस्रो स्थानमा उक्लिएको हो । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् । महिलातर्फ भने नेपाली टोली छैटौ स्थानमा यथावत छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]