7 years ago
August 29, 2018
जाकार्ता (एजेन्सी)-एसियन गेम्स अन्र्तगत बुधबारबाट शुरु जुडोमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् ।
जेसीसी प्लेनरी हलमा भएको पुरुष ६६ केजीमुनिको राउन्ड अफ ३२ को स्पर्धामा नेपालका इन्द्र बहादुर श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भइन् । इन्द्र कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेन्ड मात्रै टिके । उनी किमसँग इप्पोन (नकआउट) को शिकार भए ।
महिला ५२ केजीमुनिको तौलसमूहको प्रि–क्वाटरफाइनलमा देविका खड्का जापानकी नातसुमी तिसुनोदासँग १०–० के अन्तरमा पराजित भइन् । देविकाले लगातार तीन सिदो खाइन् । जुडोमा तीन सिदो पाउने बित्तिकै नकआउट हुने नियम छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]