7 years ago
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– उज्वेकिस्तानमा हुने सर्वाधिक पुरस्कार राशीको कुराँश च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर ४ देखि ७ गते सम्म हुने च्याम्पियनसिपमा नेपाली खेलाडी दीपककृष्ण श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । सेप्टेम्बर ६ कुराँश दिवसको उपलक्ष्यमा हरेक वर्ष उज्वेकिस्तानमा च्याम्पियनसिप आयोजना हुँदै आएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै चौथो देखि आठौं हुने खेलाडीले १ हजार २ सय ५० अमेरिकी डलर पाउनेछन् । दीपककृष्ण र नेपाल कुराँशसँगका अध्यक्ष ध्रुबराज न्यौपाने सोमबार उज्वेकिस्तान प्रस्थान गरेका छन् ।
अध्यक्ष न्यौपानेले एसियाली कुराँश महासंघका अध्यक्ष कोमिल रुजिभलाई भेट्ने कार्यक्रम रहेको संघले जनाएको छ । अध्यक्ष न्यौपाने र खेलाडी दीपककृष्णलाई संघका वरिष्ठ उपाध्यक्ष जीवन राई, महासचिव प्रतिक्षा खरेल ,सचिव हरिराम ढुंगाना र कोषाध्यक्ष देवराज लामाले विदाई गरे ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]