default_image

6 years ago

October 4, 2018

तारादेवी र सन्देश स्ट्रङगेस्ट खेलाडी

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी तारादेवी पुन र सन्देश गुरुङ दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् ।


ताराले बुधबार ७५ केजी तौल माथिको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिइन् । उनी अघिल्लो संस्करणमा पनि स्ट्रङगेस्ट खेलाडी घोषित भएकी थिइन् । पुरुषतर्फ स्ट्रङगेस्ट खेलाडी घोषित भएका सन्देश गुरुङले १०५ केजी तौलमा २५८ केजी भार बहन गरेका थिए । पुरुषतर्फ अघिल्लो सिजन त्रिभुवन आर्मी क्लबका कमल बहादुर अधिकारी स्ट्रङगेस्ट खेलाडी घोषित भएका थिए । उनीहरुले समान नगद ११ हजार प्राप्त गरे ।

सन्देशले स्नाचमा ११५ केजी र क्लिन एण्ड जर्कमा १४३ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका नेपाली सेनाका विनोद खड्काले स्नाचमा ८५ केजी र क्लिनमा ११५ केजीका साथ २०० केजी भार बहन गरे । यस्तै एपिएफका रनबहादुर नगरकोटीले १९९ केजीका साथ कास्य पाए । उनले स्नाचमा ८६ केजी र क्निलमा ११३ केजी भार उचाले । जुनियरतर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण पाए । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजीका साथ १५० केजी भार उचाले ।

नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा पुरुष सिनियरतर्फ नेपाली सेनाका कमल बहादुर अधिकारी र जुनियरतर्फ बाँकेका प्रकाश केसी उत्कृष्ट भारोत्तोलक घोषित भए । महिलातर्फ सिनियरमा नेपाल प्रहरीकी देवी कुमारी चौधरी र जुनियरतर्फ बाँकेकी सन्जु चौधरी उत्कृष्ट भारोत्तोलक घोषित भए । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

काठमाडौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियरतर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए । उनीहरुले ट्रफी, प्रमाण पत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५÷२५ सय प्राप्त गरे ।

नेपाली सेनाका राजु चौधरीले सिनियर तर्फ ६२ केजी तौलमा २०३ केजी भारका साथ स्वर्ण हात पारे । चौधरीले स्नाचमा ८८ केजी र क्लिनमा ११५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका मुई लामा रहे । उनले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी भार बहन गरे । कास्य पदक पाएका एपिएफका सुभाष कुमार शाहले १७४ केजी भार बहन गरे । उनले स्नाचमा ७८ र क्लिनमा ९६ केजी भार बहन गरे । जुनियरतर्फ नेपाल प्रहरीका गणेश रानाभाटले १६१ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ८८ केजी भार बहन गरे । दोश्रो स्थानमा बाँकेका तुसार बुढामगर रहे । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजी गरि कुल १५० केजी उचाले । तेश्रो स्थानमा रहेका पर्साका निरज गुप्ताले स्नाचमा ५०, क्लिनमा ६७ गरि कुल ११७ केजी उचाले ।

प्रतियोगिताको ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २५५ केजी भारका साथ स्वर्ण पाए । सेनाका उनले स्नाचमा ११० र क्लिनमा १४५ केजी उचालेका थिए । एपिएफका महेश चौधरीले २१० केजी भार बहन गर्दै रजत पाए । उनले स्नाचमा ९० केजी र क्लिनमा १२० केजी उचाले । कास्य पदक पाएका सेनाका जीवन तामाङ्गले स्नाचमा ७५, क्लिनमा १०२ केजी गरि कुल १७७ केजी उचाले । जुनियर तर्फ बाँकेका प्रकास के.सीले स्वर्ण हात पारे । उनले स्नाचमा ९५ केजी र क्लिनमा १२२ केजीका साथ कुलमा २१७ केजी बार बहन गरे । बाराका सजरुद्धिन आलमले कुलमा १५५ केजीका साथ रजत र बाँकेका प्रशान्त योगीले कुलमा १४० केजीका साथ कास्य पाए ।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले स्नाचमा ११२, क्लिनमा १३० केजीका साथ कुलमा २४२ केजी भारका साथ स्वर्ण पाए । दोश्रो स्थानमा रहेका नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २२० केजी भार उचाले । एपिएफका तिलक थापाले १८५ केजीका साथ कास्य पाए । जुनियर तर्फ बाँकेका सुरज बैश्यले १९५ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ८५ केजी र क्लिनमा ११० केजी उचाले । झापाका सुलभ बस्नेतले कुल १०२ केजीका साथ रजत पाए ।

ललितपुर कुमारीपाटीस्थित अग्नी पार्टि प्यालेसमा भएको प्रतियोगिताको ८५ केजी तौलमा नेपाल प्रहरीका ओम प्रकास बैश्यले २२६ केजी भारका साथ स्वर्ण पाए । उनले स्नाचमा १०० केजी र क्लिनमा १२६ केजी उचाले । सेनाका दिनेश कार्की र एपिएफका सन्तोष चौधरीले रजत र कास्य पाए । दिनेशले २०३ केजी र सन्तोषले १९८ केजी तौल उचाले । जुनियर तर्फ कञ्चनपुरका विकास भट्टले स्नाचमा ६० र क्लिनमा ८२ गरि कुल १४२ केजीका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा ११२ केजीका साथ बाराका नाग अर्जन गुप्ता रहे । यसै गरि ९४ केजीको सिनियर तर्फ नेपाली सेनाका टहल बहादुर बसेलले पुलिसका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण पाए । उनले स्नाचमा ८८, क्लिनमा १२५ केजी गरि कुलमा २१३ केजी भार बहन गरे । पुलिसका गगन चन्दले रजत र श्री कृष्ण महर्जनले कास्य पाए । गगनले स्नाचमा ९० केजी र क्लिनमा १२१ केजीका साथ कुलमा २११ केजी भार बहन गरे । यस्तै श्री कृष्णले स्नाचमा ९५ र क्लिनमा ११५ केजी गरि कुल २१० केजी उचाले । जुनियर तर्फ कञ्चनपुरका विशाल सिंह बिष्टले कुल १९५ केजीका साथ स्वर्ण कब्जा गरे । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ८५ र क्लिनमा ११० केजी भार उचाले ।

१०५ केजी माथीको तौलमा सेनाका पुकार गुरुङ्ग पहिलो भए । उनले स्नाचमा ११५ केजी र क्लिनमा १३० केजी गरि कुल २४५ केजी भार उचाले । दोश्रो स्थानमा रहेका बाराका आदर्श कुमार गुप्ताले १२६ केजी उचाले । उनले स्नाचमा ५६ र क्लिनमा ७० केजी उचाले । यस्तै जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले स्नाचमा ९७ केजी र क्लिनमा १२५ केजी गरि कुल २२२ केजी उचाले । रुपन्देहीका प्रविन नेपालीले स्नाचमा ६० केजी र क्लिनमा ७० केजी गरि कुल १३० केजीका साथ रजत पाए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, सुनिललाल जोशीकी धर्म पत्नी रेखा जोशी, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त लगायतले पुरस्कार वितरण गरेका थिए ।

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 11, 2024

सूर्य नेपाल काठमाडौं ओपन -विष्णुलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा […]

December 11, 2024

काभा क्लब च्याम्पियन्सिप – हेल्प नेपाल र क्लब एचडिसी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]

Success

Thank you for your time.