default_image

7 years ago

October 9, 2018

एनभिए राष्ट्रिय महिला भलिबल आजदेखि, प्रदेश १ ले भाग नलिने

150 views

0 Bookmark

अर्जुन कार्की (हाम्रो खेलकुद) – आजदेखि गन्डकी प्रदेशको बाग्लुङ जिल्लामा २२औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुदैछ ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभाग गरी १० टोलीले सहभागिता जनाउने भनिएपनि अन्तिम समय प्रदेश नम्वर १ ले प्रािविधक कारण देखाउदै नाम फिर्ता लिएपछि ९ टोलील मात्रै प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुले जानकारी दिए । प्रदेश १ ले जर्सि र भलिबल किन्न नसक्ने जस्ता कारण देखाउँदै प्रतियोगितामा भाग नलिने जानकारी गराएको प्रतियोगिताको अघिल्ले दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

नेपाल भलिबल संघले उक्त प्रतियोगिता राष्ट्रिय खेलाडीको छनौट खेल भएका कारण प्रतियोगितामा भाग नलिने प्रदेशलाई कडा कारवाही गरिने बताएको छ । वरिष्ठ उपाध्यक्ष गुरुङका अनुसार नेपाल भलिबल संघको निर्णयलाई नटेर्ने क्लब तथा प्रदेशलाई कडा भन्दा कडा कारवाही गर्ने साथै अब हुन लागेको आठौं राष्ट्रिय खेलकुदमा भाग लिन नदिने सम्मको निर्णय हुन सक्ने बताए ।

सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विभागीय नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गन्डकी प्रदेश, प्रदेश नम्वर ६ र ७ समूह ‘ए’ मा परेको छ । समूह ‘बी’ मा विभागीय नेपाल पुलिस क्लबसहित प्रदेश नम्वर २, ३ र ५ परेका छन् । प्रतियोगिताको पहिलो दिन चार खेल हुदैछ ।

पहिलो खेलमा उपाधिको दावेदार एपिएफले प्रदेश नम्वर ७ सँग खेल्नेछ । प्रदेश ५ ले नेपाल पुलिस क्लबको सामना गर्नेछ । तेस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र गन्डकी प्रदेश तथा चौथो खेलमा एपिएफले प्रदेश ७ सँग खेल्नेछ ।

प्रतियोगिता संचालनको लागि आयोजकले २० लाख खर्च लाग्ने अनुमान गरेको जिल्ला भलिबल संघ बाग्लुङका अध्यक्ष याम बहादुर श्रीसले जानकारी दिए । उनका अनुसार अहिले गल्कोट नगरपालिकाको ८ लाख र नेपाल भलिबल संघको १ लाखसँगै अन्य सहयोगीहरुले गरी १८ लाख रुपैयाँ जति सहयोग प्राप्त भएको बताउँदै बाँकी रकम प्रतियोगितामा टिकट वितरण गरी संकलन गरिने जानकारी दिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.