7 years ago
November 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पिताम्बर तिम्सिना राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा बुधबार उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए ।
लामा टेन्डी शेर्पाको उपाध्यक्षको पदावधि समाप्त भएपछि तिम्सिनालाई नियुक्त गरिएको हो । मन्त्रीले तिम्सिनालाई खेलकुद विकास ऐन २०४८ का अनुसार कात्तिक २८ गते देखि लागु हुने गरि सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरेका हुन् । तिम्सिनाले बुधबार नै राखेपमा पद बहाली गरेका छन् ।
गुरुङ राखेपको सदस्य यसअघि पनि मनोनित भएका थिए । उनी सुटिङ र बक्सिङ्ग संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रिय सदस्य समेत रहिसकेका छन् । मोर्डन पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रिय सदस्य रहेकी निरौलाको पहिलो पटक राखेप सदस्यमा मनोनित भएकी हुन् ।
मन्त्री सुनारले सदस्यहरुलाई बधाई दिने क्रममा जिम्मेवारी पुरा गर्ने विश्वास लिएको बताए । उनले राखेपको नीति र काममा दत्तचित्त रहन पनि सुझाव दिए । उपाध्यक्ष तिम्सिनाले आफुले राखेपमा उपाध्यक्षमा रहेर गरेको कार्यको मुल्याङ्कन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्री परिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा मन्त्रीलाई धन्यवाद दिए ।
उनले राखेपमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए । यद्दपी उनले कस्तो विकृती र विसंगतीका बारेमा भने प्रष्ट पारेनन् । राखेप सदस्य सचिव केशवकुमार विष्टले अनुभवी सदस्यहरु मनोनित हुनुले परिषदले गर्ने काममा थप सहयोग पुग्ने विश्वास लिएको बताए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]