default_image

7 years ago

December 11, 2018

लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जस स्कुल (एलए) हात्तीवन र मोर्डन इन्डियन स्कुल चोभार २३औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार आयोजक सेन्ट जेभियर स्कुल र झापाको मोरान मेमोरियल स्कुलले अन्तिम चारको यात्रा तय गरेको थियो ।

गोदावारीस्थित जेभियरको मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा एलएले क्रेसेन्ट एकेडेमीलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एलएको जितमा प्रसुन तुलाधरले ह्याट्रिक पूरा गरे । आशुतोष लावतले २ तथा सोनाम गुरुङले एक गोल थपे । पराजित टिमका शिव थापामगर र निर्जल तामाङले १–१ गोल गरे । एलएका प्रसुन खेलको म्यान अफ दि म्याच घोषित भए ।

मंगलबारकै अर्काे क्वाटरफाइनलमा मोर्डन इन्डियन स्कुलले सेन्ट जेभियर स्कुल झापालाई ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो । मोर्डनका तुसनमान सिंह, अमन रायमाझी र जेनिस दवाडीले गोल गर्दा एक गोल उपहार पाएको थियो । सेन्ट जेभियरका आशप भुजेले २ गोल गरेपनि टिमलाई जिताउन सकेन । सेन्ट जेभियरका रिवाई घिमिरे खेलको म्यान अफ दि म्याच घोषित भए ।

अब सेमिफाइनलमा आयोजक सेन्ट जेभियर गोदावारीले मोर्डन इन्डियन स्कुल तथा दोस्रो सेमिफाइनलमा मोरान मेमोरियल स्कुल झापा र एलएबीच खेल हुनेछ । खेल बिहिबार हुनेछ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.