7 years ago
December 16, 2018
पोखरा (हाम्रो खेलकुद) –हेल्प नेपाल स्पोर्टस् क्लब र र विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा आइतबारबाट सुरु भएको चौथो आरआरबी एनभिए क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले काठमाडौंको जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । आर्मीले जावलाखेलमाथि पहिलो सेटमा २५–१९ को सहज जित निकालेको थियो । दोस्रो सेटमा २५–१५ को जित दर्ता गर्दा तेस्रो सेटमा २५–११ को सहज जित निकाल्न सफल भयो ।
आइतबारै भएको दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले ढोरपाटन क्लबमाथि ३–१ को जित निकाल्यो । पहिलो सेट २५–१८ ले जितेको हेल्प नेपालले दोस्रो सेट १७–२५ ले गुमाएको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा हेल्प नेपालले २७–२५ को संघर्षपूर्ण जित निकाल्दा चौथो सेटमा २५–१४ को सहज जित निकाल्यो ।
आइतबार भएको अर्को खेलमा विभागीय नेपाल पुलिस क्लबले रुपन्देहीको मणिमुकुण्द भलिबल क्लबलाई ३–० को सोझे सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुलिसले मणिमुकुन्दमाथि २५–२०, २५–१२ र २५–२१ को सहज जित निकाल्यो । पहिलो दिनको अन्तिम खेलमा वभागीय नेपाल एपिएफ क्लबले काठमाडौंको नयाँ बजार क्लबलाई २५–२०, २५–१२ र २५–२१ को सेटले पराजित ग¥यो
प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पियनसिपमा सहभागी १२ टिममध्ये उत्कृष्ट ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताका सबै खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा ७ पुससम्म हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ । तेस्रो र चौथो हुनेले क्रमशस् ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रूपैयाँ पाउनेछन् ।
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]