default_image

7 years ago

January 11, 2019

पिंकाथनको तेस्रो संस्करण फागुनमा

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला स्वास्थ्य तथा सशक्तिकरणबारे जनचेतना जगाउने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुने पिंकाथन नेपालको तेस्रो संस्करण फागुनमा हुने भएको छ ।

फागुन ११ गते काठमाडौंमा हुने पिंकाथन दौडमा ५ हजार भन्दा बढी महिलाको सहभागिता रहने शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अनुमान गरेका छन् । प्रतियोगिताको आयोजना स्थल टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।

नेपाल प्रहरीको महाराजगन्जस्थित तालिम केन्द्र वा पुल्चोक इन्जिनियरिङ कलेजबाट दौड सुरु हुने सम्भावना रहेको जनाइएको छ । पिंकाथनमा चार विधा हाफ म्याराथन (२१ किलोमिटर), १०, ५ र ३ किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।

हाफ म्याराथनको विजेताले ५१ हजार, दोस्रोले ३१ र तेस्रो खेलाडीले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । त्यस्तै १० किलोमिटर दौडको विजेताले ३१ हजार, दोस्रोले २१ र तेस्रो खेलाडीले ११ हजार रुपैयाँ पाउनेछिन् । ५ किलोमिटरको विजेताले ११ हजार रुपैयाँ जित्नेछिन् ।

भारतीय कलाकार एवंम दक्षिण एसियाली खेलकुदका पौडीका रजत पदक विजेता मिलिन्द सोमनले महिला सशक्तिकरण तथा स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने अभियानका साथ भारतको मुम्बईबाट पिंकाथन सात बर्ष अघि सुरु गरेका थिए ।

पिंकाथन भारतका ८ सहर र नेपालको काठमाडौंमा आयोजना हुँदै आएको छ । पिंकाथनको पहिलो संस्करण दशरथ रंगशाला र दोस्रो प्रहरी तालिम केन्द्रबाट सुरु भएको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.