7 years ago
January 18, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक पिकलबल खेल सुरु भएको छ । पोखरा १५ स्थित वृटिश गोर्खा ट्रेनिङ सेन्टरको ब्याडमिन्टन कोर्टमा पिकबल खेल सुरु गरिएको हो । यद्दपी खेलमा नेपाली खेलाडी भने सहभागी छैनन् । तर यो खेल भने नेपालीले नै भित्राएका हुन् । बेलायतलाई कर्म थलो बनाएर खेल तथा सामाजिक क्षेत्रमा कृयाशिल नविन गुरुङको सक्रियतामा यो खेल पहिलो पटक नेपाल भित्रिएको हो ।

सहारा क्लब पोखरामा मानार्थ सदस्य समेत रहेका गुरुङले केही भारतिय र बेलायती खेलाडीलाई पोखरा ल्याएर आफ्नै पहलमा प्रतिष्पर्धा मात्र गराएका छैनन पहिलो पटक नेपाली भूमीमा यो खेल भित्राए । गुरुङ भन्छन–’मेरो मुख्य उद्धेश्य पिकलबल नेपालमा सुरु होस र यसलाई परिषदमा दर्ता भएर आधिकारिक रुपमा अघि बढोस् भन्नेनै हो ।’ यो खेलको बिकास नेपालमा हुन सके खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न अहम भूमिका खेल्न सक्ने गुरुङले बताए ।

दुई दिन सम्म चल्ने यो प्रतियोगितामा भारत र बेलायतका गरि २६ जना खेलाडी सहभागी छन । प्रतियोगितामा बेलायतबाट १० र भारतका १४ जना खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता वेष्ट अफ थ्रि लिग कम नक आउटका अधारमा खेलाइने भएको गुरुङले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सांसद कृष्ण थापाले गरेका थिए । सांसद थापाले सो अबसरमा पिकलबल खेल नेपालमा भित्रायाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रम सहारा क्लबका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल टुरिजम कलेज पोखराका अध्यक्ष अशको पालिखे र सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता सफल बनाउन चौधरी फाउन्डेशन गु्रपले मुख्य प्रायोजन गरेको छ भने पारागन कलेज बेलायत, होटल तपोवन काठमाडौ पनि प्रायोजकका रुपमा रहेका छन ।
के हो त पिकलबल ?
सन १९६५ मा अमेरिकाको ब्रेन व्रिज द्विपमा आविष्कार भएको यो खेल अहिले विश्वका अधिकांश मुलुकमा खेलिन्छ । बाल बालिका देखि प्रौढ उमेर समुह सम्मले सजिलै खेल्न सक्ने पिकलबल टेबल टेनिस, ब्याडमिन्टन र टेनिसको समृष्णयूक्त खेल हो । यो खेल ब्याडमिन्टन कोर्टमा खेल्न सकिन्छ भने विचमा लगाइएको नेट जमिन भन्दा ३६ इन्च मात्रै उठाइएको हुन्छ ।
शुलभ र टेबल टेनिसको र्याकेट भन्दा केही ठूलो आकारको र्याकेटले खेलिने यो खेलको बल भने टेनिस आकारमा प्लाष्टिकको जाली परेको हुन्छ । सिङ्लस, डवल्स्, मिक्स डबल्स् सबै विद्यामा यो खेल हुने गर्छ । यो खेल अन्य खेल भन्दा सजिलो र लामो समय खेल्दा पनि नथाकिने हुनाले जुन सुकै उमेर समुहले खेल्ने र मनोरंजन लिने गर्छन् ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]