7 years ago
January 19, 2019
बुटवल (हाम्रो खेलकुद) – रुपन्देही पुल तथा स्नुकर संघको बुटवलमा शुक्रबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनका क्रममा हाम्रो खेलकुद डटकमका बुटवल संवाददाता दिपक न्यौपाने सम्मानित भएका छन ।

संघले उनलाइ स्नुकर खेललाइ माथि उठाउन मिडियाबाट महत्वपुर्ण भुमिका खेलेको भन्दै उत्कृष्ट स्नुकर पत्रकारीता पुरस्कार २०७५ प्रदान गरेको हो । न्यौपानेलाइ नगद रु ५ हजार र कदरपत्रसहित सम्मान गरिएको संघले जनाएको छ ।
रुपन्देहि पुल तथा स्नुकर सघंका अध्यक्ष हरि क्षेत्री , उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ,सचिब सुजन पुन, वरिष्ठ सल्लाहाकार सन्जय बज्राचार्यलगायतले सम्मान गर्दै स्नुकर खेललाइ माथी उठाउन मिडियाको महत्त्वपूर्ण भुमिका रहने हुँदा सधैं सहयोगको अपेक्षा रहेको बताए ।
लामो समयदेखी रुपन्देहिलाइ कर्मथलो बनाइ सक्रिय पत्रकारीता गरीरहेका न्यौपानेले खेलकुदका राम्रा र नराम्रा पक्षका बारेमा खरो रुपमा कलम समेत चलाउँदै आएका छन ।

शुक्रबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनले गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । यसैगरि संघको उपाध्यक्षमा सुजन पुन र बबिन थापा तथा सचिव शिव राना, कोषाध्यक्ष गोपाल न्यौपाने, सहसचिव विरेन शाक्य, सदस्यहरु यामु थापा, रमेश रोक्का क्षेत्री, सन्जु बस्नेत, अजय गुरुङ्ग, शंकर खड्का, हिमाल थापा, विकास थापा, तारा रेश्मी, नवराज मल्ल, भुपेन्द्र गुरुङ्ग, मेख बहादुर गुरुङ्ग, सुरज राना, देबु थापा सर्वसम्मत चयन भएका छन ।
नयाँ नेतृत्वलाई एक समारोहका बिच निर्वाचन मण्डल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले पद स्थापन गरेका छन । विसं. २०६८ सालमा दर्ता भएको संघमा ३ दर्जन बढी स्नुकर हाउसहरु रहेका छन ।
त्यसअघि अधिवेशनको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै गुरुङ्गले विकास, अनुशासन र गतिशिलतालाई हरेक खेलाडीले मनन गर्न जरुरी रहेको बताए । संघका अध्यक्ष हरि क्षेत्रीले स्नुकरलाई अघि बढाउन धेरै बाधा र चुनौतीहरु पार गरेको बताए । केन्द्रीय संघको निर्देशन अनुसार नै अहिले अधिवेसन गरिएको उनले बताए ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, वरिष्ठ सल्लाहकार सन्जय बज्राचार्य, उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, कोषाध्यक्ष प्रमोद थापा, हिमाल थापा, शिव राना, टोपराज शर्मा, राजु गुरुङ्गले बोल्दै स्नुकर खेललाइ अब स्थानीयबाटै अगाडी बढाउनुपर्नेमा विशेष जोड दिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]