default_image

7 years ago

January 23, 2019

जिम्न्याष्टिक संघ एकिकरण, प्रधानलाई अध्यक्षको जिम्मेवारी

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा भएको हो ।

नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहलाई राष्ट्रिय मान्यता थियो ।

दुवै पक्षसँग छलफल गरी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिले बुझाएको प्रतिवेदनका आधारमा राखेपले जिम्न्याष्टिक संघको पुनर्गठन गरेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका समितिका सदस्य कुलबहादुर थापाले जानकारी गराए ।

एकिकरण घोषणा कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं प्रतिनिधि सभा सांसद् जीवनराम श्रेष्ठ, सांसद् उमेश श्रेष्ठ, उपाध्यक्ष तिम्सिना, राखेपका सदस्यसचिव केशवकुमार विष्टलगायतको उपस्थिति थियो ।

पुनगर्ठित संघको सह–अध्यक्षमा किशोरबहादुर सिंह, उपाध्यक्षत्रयमा गीता राणा, बाबुराम थापा र राजेश खड्का, महासचिवमा मुकुन्द शर्मा तथा सचिवमा मुकुन्दलाल नकर्मी र बचन देउजा रहेका छन् । सदस्यमा जनक भट्टराई, सैलेन्द्र श्रेष्ठ, पुरन गिरी, इन्दिरा दाहाल, सुशिलप्रकाश प्रधान, कुश्मिला आचार्य, शंकर पौडेल, रामेश्वर जोशी, सूर्यबहादुर अधिकारी, प्रमिला सिंह, रामप्रसाद बराल, अरुण राठ्ठी, मोहन भट्ट, दीपक प्रजापति, पूर्णमान वज्राचार्य, प्रवीण उप्रेती, सन्देश मानन्धर, सुनिलमान सिंह, विष्णुनारायण बाछा र रुपेश बस्नेत छन् ।

मनोनितहरुलाई बुधबारै खेलकुद मन्त्री विश्वकर्माले बधाइ दिनुका साथै मनोनयन पत्र हस्तान्तरण गरे । पत्रमा संघलाई समय सापेक्ष विधान संशोधन गर्दै राखेपबाट स्वीकृत गरी ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले जिम्मेवारी बोधका साथ दुई संघका पदाधिकारी एकिकृत हुन राजी भएकोमा दुवै पक्षलाई धन्यवाद दिदै एकिकरणका लागि समितिले गरेको मेहनत र भूमिका सकारात्मक र प्रंशसनीय रहेको बताए ।

मन्त्री विश्वकर्माले जिम्न्याष्टिक संघको एकिकरणको सन्देशले अन्य संघमा रहेको विवाद पनि क्रमै संग मिल्दै जाने विश्वास व्यक्त गरे । एनओसी अध्यक्ष श्रेष्ठले खेलकुदका साथै हरेक क्षेत्रमा हुनु पर्ने एकता भएकोमा खुशी लागेको बताउदै एकताले नै परिणाम, सफलता र शक्ति दिने धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले एकताले खेलकुदको मान्यतालाई अंगिकार गरेको विचार व्यक्त गरे ।

उपाध्यक्ष तिम्सिनाले जिम्न्याष्टिक संघको एकिकरण समितिलाई दिइएको जिम्मेवारीको एउटा सानो किस्ता र पेश्की मात्र भएको बताउदै आगामी दिनमा विवादमा रहेका अन्य संघलाई पनि व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । सदस्यसचिव विष्टले खेलकुद क्षेत्रको समृद्धिका लागि खेलकुदमा रहेका सबै किसिमका विवादलाई अन्त्य गर्न जरुरी रहेको बताए ।

एसियाली जिम्न्याष्टिक युनियनका उपाध्यक्ष समेत रहेका प्रधानले खेलकुद मन्त्रालय, राखेप र समितिले दिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राम्रो समझदारीबाट संघलाई अगाडि बढाउनुका साथै जिम्न्याष्टिकको स्तरबृद्धिमा एकजुट भइ काम गर्ने बताए ।

सह–अध्यक्ष सिंहले दुवै पक्षको सुझबुझले एकता सम्भव भएको बताउदै विगतका कुरालाई बिर्सेर जिम्न्याष्टिकको विकासमा सक्रिए हुनु पर्ने आवश्यकता औल्याए ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.