7 years ago
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली दृष्टिबिहीन महिला क्रिकेट टोलीले पाकिस्तानमा आयोजना हुन लागेको प्रथम नेत्रहीन क्रिकेट सिरिजमा क्लिनसिट राख्ने लक्ष्य लिएको छ । टोलीलाई बिदाई गर्न आयोजना गरिएको कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले घरेलु टोलीविरुद्धको पाँच टी–२० सिरिज क्लिनसिट राख्ने योजना बनाएको बताएको हो ।

सिरिज १३ माघबाट २३ माघसम्म आयोजना हुदैछ । ‘नेपालले यो भन्दा अघिल्ला अन्य संस्करणहरुमा भन्दा यसपटक प्रशिक्षण गर्ने लामो समय पाएको छ । अघिल्ला संस्करणहरुमा एक साता या १० दिनको प्रशिक्षण हुने गर्दथयो ।
यसपटक १६ दिन लामो प्रशिक्षण पाएको छ । यसबीचमा खेलाडीहरुले अनुभव बटुल्ने माका पाएको छ,’ प्रशिक्षक रिजन प्रजुले भने, ‘विपक्ष टोलीहरुले पनि ६ महिना अघिबाट टिम बनाएर प्रशिक्षण थालेको भन्ने सुनेको छु । तर, मेरो टिमले सिरिज नै क्लिनसिट गर्न सक्न क्षमता छ । हामीले यसअघि पनि इंग्ल्यान्डमाथिको सिरिज क्लिनसिट गरेका थियौं । त्यही इतिहास पाकिस्तानविरुद्ध पनि दोहोरिनेछ ।’
उनले नेपाली टोलीका खेलाडीहरुले आफ्नो प्रर्दशनलाई कसरी एक्सप्रेस गर्ने भन्नेमा आतुर रहेको समेत बताए । यस्तै प्रशिक्षक प्रजुले पाकिस्तानलाई हल्का रुपमा नलिने थपे । टोलीका कप्तान भगवती बरालले तयारी राम्रो भएको कारण पाकिस्तानलाई हराउने बताईन् ।
नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्वर तिम्सिना, दुष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्टस्का प्रवन्ध निर्देशक जनक न्यौपाने लगायतले एक कार्यक्रमकाबीच बिदाई गरे ।
नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टोली अमृतसरसम्म प्लेनबाट, त्यहाँबाट गाडीमा लाहोर पुग्नेछ । नेपालले पाकिस्तानसंग तीन फरक शहरमा ५ खेलको सिरिज खेल्नेछ । नेपालले पहिलो खेल २९ जनवरीमा लाहोरमा खेल्नेछ । ३१ जनवरीमा दोस्रो, १ फेब्रुअीमा तेस्रो, ४ फेब्रुअीमा चौथो तथा ४ फेब्रुअरीमा पाँचौ तथा अन्तिम खेल खेल्नेछ ।
खेल लाहोर, फैसलावाद र इस्लामावादमा हुनेछ ।
नेपाली टिमः भगवती बराल (कप्तान) भगवती अमगाई आशा रेग्मी मनकेसी चौधरी सुश्मा तामाङ आशिका डगौरा गीता पौडेल विनिता पुन हिता गुरुङ मुना अर्याल रितादेवी थापा सरिता घिमिरे विमला राई आयुष्मा क्षेत्री भुमा खरेल
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]