7 years ago
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर टेबल टेनिस संघको आयोजनामा दोस्रो संस्करणको सम्झना कप राष्ट्रिय खुल्ला टेबल टेनिस च्याम्पियनसिप आगामी शनिबारबाट सुरु हुने भएको छ ।

आयोजक ललितपुरले बुधबार राजधानीमा पत्रकार सम्मेलन प्रतियोगिता १९ माघबाट २२ माघसम्म लैनचौरस्थित टिटि हलमा हुने जानकारी गराए । प्रतियोगितामा तीन विभागीय टोलीसहित संघमा आबद्ध २६ जिल्ला र स्कुल कलेजबाट ३५० खेलाडीले विभिन्न ११ स्पर्धामा ११ स्वर्ण, ११ रजत र १९ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० माथि) महिलारपुरुष एकल (कलेज), १६ बर्षमुनि महिला र पुरुष एकल, १४ बर्षमुनि महिला र पुरुष एकल र १२ बर्षमुनि महिला र पुरुष एकलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको खुल्लातर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय नगद पुरस्कार पाउने छन् । भेट्रान्स एकलको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पाउनेछन् ।
प्रतियोगितालाई हंगेरीमा हुने विश्व टेबल टेनिस च्याम्पियनसिपको लागि छनोट प्रतियोगिताको रुपमा हेरिएको छ । च्याम्पियनसिप आगामी अप्रिल २१ देखी २८ सम्म बुढापेस्टमा हुनेछ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]