default_image

7 years ago

February 5, 2019

मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता बैशाखमा

169 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता तथा दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स आगमी बैशाख तेस्रो साता आयोजना हुने भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेश संघल मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २०७६ बैशाख २० र २१ गते काठमाडौमा हुने जानकारी गराएको हो
संघले यो प्रतियोगितालाई आउदो असार ५ र ६ गते मा आयोजना हुने १२औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको लागि छनोट प्रतियोगिताको रुपमा रहेको समेत बताएको छ ।
प्रतियोगताको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथीको तौल गरि ६ वजन समूहमा प्रतिस्पर्धा हुनेछ ।
एउटा क्लब तथा संस्थाले प्रत्येक समूहमा बढिमा दुई खेलाडीलाई प्रतिस्पर्धा गराउन पाउने छ । प्रत्येक वजन समूहका खेलाडीबीच २० गते हुने प्रि–जजिङ चरणबाट २१ गते हुने अन्तिम चरणका लागि प्रत्येक वजन समूहका ५ खेलाडी छनोट गरिने छ ।
प्रत्येक वजन समूहका शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रत्येक वजन समूहका प्रथम स्थान हात पार्ने खेलाडीहरुले मिष्टर हिमालय उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । ओभरल प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ‘मिष्टर हिमालय’ उपाधिका साथै नगद २ लाख ५० हजारसहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुँदै उपाधी हात पार्नेछ ।
प्रत्येक दुई बर्षमा आयोजना हुने मिस्टर हिमालय प्रतियोगिताकै दौरान शारीरिक सुगठन विधा अन्तरगत हुने दोश्रो पुरुष फिट्नेश फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्सपनि आयोजना हुने छ ।
उक्त स्पर्धामा पुरुष तर्फ १७० सेमि र त्यो भन्दा माथि गरि दुई विधा तथा महिला एथलेटिक्स फिजिक्सका खेलाडीहरुलाई प्रिजजिङ्ग चरणमा प्रतिस्पर्धा गराई प्रत्येक समूहबाट ५ खेलाडी दोश्रो दिन हुने फाईनल चरणका लागि छनोट गरिने छ । फाईनल चरणमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदक, प्रमाण पत्रका साथै नगद २५, १५ र १० हजार प्राप्त गर्ने छन् । यस्तै चौथो र पाँचौ हुने खेलाडीले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
काठमाण्डौमा संघले आयोजना गर्ने १२औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा यस प्रतियोगिताबाट छानिएका खेलाडीहरुका साथै ३ बर्ष भित्र एशियन तथा विश्व शारीरिक सुगठन प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई उनीहरुको क्षमताका आधार मानि संघको सिफरिसमा स्वतः प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको समेट पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगिताको अनुमानित बजेट करिव २० लाख रहेको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.