default_image

7 years ago

February 6, 2019

ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेन बाइक रेस मार्चमा

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ग्रेट बुद्धिष्ट ट्रेल रेसको दोस्रो संस्करण मार्चमा हुने भएको छ । आयोजक बुद्धिस्ट सर्किट्सले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै रेस मार्च १७ देखि २० सम्म हुने जानकारी गराएको हो ।

रेस स्वयम्भुनाथ चैत्य परिसरबाट शुरु भएर शाक्य सभ्यताको एक महत्वपूर्ण स्थल लुम्बिनीमा पुगेर अन्त्य हुनेछ । पहिलो दिन सहभागीहरु स्वयम्भुबाट चन्द्रागिरी केवलकार पुग्नेछन् । चन्द्रागिरीपछि डाउनहिल राइड गर्दै कुलेखानी र दामन हुँदै हेटौंडा पग्नेछन् ।

त्यसपछि नारायणघाट हुँदै कावासोतीपछि देवदह, रामग्रामलगायतका बौद्धस्थल हुँदै लुम्बिनीमा पुगी यात्रा समापन हुनेछ । मार्च २० तारिखमा सबै यात्रीहरु साइक्लिङ प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

मायादेवी पबित्र उद्यानलाई सात फन्को लगाई सहभागीहरुले ७७.७७ किमीको दुरी पार गर्नेछन् । ¥यालीका संयोजक दिपक राईका अनुसार साइक्लिङ प्रतियोगितामा पुरुष र महिला गरी दुई विधामा हुनेछन् ।

दुवै विधाको विजेताले ७७ हजार ७ सय ७७ रूपैया हात पार्नेछन् । दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रूपैया तथा तेस्रो हुनेले ३३ हजार ३ सय ३३ रूपैया हात पार्नेछन् । ¥यालीमा ७० साइक्लिस्ट सहभागी हुने आयोजकले अपेक्षा गरेको छ

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.