7 years ago
February 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । हालै संयुक्त अरब इमिरेन्ट्सलाई वान डे र टि ट्वान्टी सिरिजमा हराउने नेपाली टोली र सन् २०१६ मा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली युवा फुटबल टोली (यू २३) लाई नगद पुरस्कार दिने निर्णयसँगै महर्जनलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकले महर्जन, क्रिकेट टोली र फुटबल टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको मन्त्री परिषद्का प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् ।
डिसेम्बरमा थाइल्यान्डको चेनमाईमा भएको १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् ।
सरकारले हालै संयुक्त अरब इमिरेट्स (युएई) सँगको वान डे र टि ट्वान्टी सिरिज जित्ने नेपाली क्रिकेट टोलीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । तीन वान डे र तीन टि ट्वान्टी समान २–१ ले जितेर १० दिन अघि स्वदेश फर्केको नेपाली टोलीले वान डे मान्यता पाएयता जितेको पहिलो श्रृखंला थियो ।
मन्त्री परिषद्को माघ २५ गते बसेको बैठकेले क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ , प्रशिक्षकलाई ३ लाख र टोलीका अन्य सदस्यलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो । क्रिकेट टोलीसँगै सरकारले झन्डै तीन वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने नेपाली यू २३ फुटबल टोलीका सदस्यलाई थप ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीका साथ जनही २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले सागमा स्वर्ण जित्ने फुटबल टोलीका सदस्यलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । सन् २०१६ मा नेपालले भारतलाई हराउँदै सागको उपाधि जितेको थियो ।
मन्त्री परिषद्ले शारीरिक सुगठनका विश्व विजेता महेश्वर महर्जन ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । क्रिकेट, फुटबल र शारीरिक सुगठनका खेलाडीलाई गरि सररकाले १ करोड ५६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]