default_image

7 years ago

February 19, 2019

तेस्रो संस्करणको पिंकाथन शनिबार

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको पिंकाथन हाफ म्याराथन आउँदो शनिबार हुने भएको छ । आयोजक काठमाडौं पिंकाथनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

ब्राण्ड एम्बेसेडर नीति साह

पिंकाथनमा हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा हुनेछ । हाफ म्याराथनको विजेताले ५१ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै १० किलोमिटरको विजेताले ३१ हजार, दोस्रोले २१ हजार र तेस्रो हुनेले ११ हजार रुपैयाँ हात पार्नेछन् । ५ किलोमिटर दौडको विजेताले १० हजार रुपैयाँ पाउने छन्  ।

दौडमा झन्डै २५ सय जनाको सहभागिता रहने काठमाडौं पिंकाथनका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी गराए । म्याराथनको रुट सोही दिनमा पक्का हुने आयोजकले जनाएको छ । पिंकाथानकी ब्राण्ड एम्बेसेडर नीति साहले महिला स्वास्थ्य र सशक्तीकरणको आवाज उठाउन पिंकाथानले समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

ब्राण्ड एम्बेसेडर नीति साह, प्रबन्ध निर्देशक नमराज जोशी र प्रहरी प्रवक्ता उत्तमराज सुवेदी

यसपटक पिंकाथनमा नेपाल प्रहरीको पनि सहकार्य रहेको छ । नेपाल पुलिसको समुदाय साझेदारी कार्यक्रम अन्तर्गत समाजमा जनचेतना फैलाउन यस कार्यक्रमले निकै सहयोग पुग्ने प्रवक्ता उत्तमराज सुवेदीले बताए । पिंकाथनको समापन र अन्य कार्यक्रम  नेपाल पुलिसको हेडक्वाटर नक्सालमा हुनेछ । अघिल्लो संस्करणमा नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजु च्याम्पियन बनेकी थिइन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.