काठमाडौं (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोट्र्स एकेडेमी र रन क्लब नेपालको संयुक्त आयोजनामा शनिबार रोड रेस हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किलो मिटर स्कुल स्तरीय र खुल्ला रोड रेस शनिबार हुने जानकारी गराएको हो ।

रोड रेसको खुल्ला तर्फको रोड रेसको महिला र पुरुषको विजेताले समान २० हजार रूपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रूपैया हात पार्नेछन् ।
यस्तै स्कुलतर्फको गल्र्स र ब्वाइजतर्फको विजेताले समान १५ हजार रूपैया पाउनेछन् । दोस्रोले १० हजार तथा तेस्रोले ५ हजार हात पार्नेछन् । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीले आगामी बैशाख १४ गते हेरिटेज रिले म्याराथन हुने बताएको छ ।
रोड रेस लैनचौर फुटबल मैदानबाट बिहान ७ बजेबाट शुरु हुनेछ । रोडरेसमा करिव १५ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।
रोड रेसलाई राष्ट्रिय खेलकुद परिषद, एथलेटिक्स संघ र काठमाडौं जिल्ला खेलकुद बिकास समितिले सहयोग गरेको छ ।